बिन्धवासिनी साकोसले आपतकालिन अक्सिजन ब्यवस्थापन गरिदिने

बिन्धवासिनी साकोसले आपतकालिन अक्सिजन ब्यवस्थापन गरिदिने :: Sahakari Akhabar

काभ्रे । बिन्वासिनी बचत तथा ऋण सहकारीले कोरोना पोजेटिभ भएका संस्थाका सदस्यलाई आपतकालिन अवस्थामा अक्सिजन ब्यवस्थापन गरिदिने भएको छ ।

संस्थाले सदस्यमा कोरोना पोजेटिभ देखिएर अस्पतालमा भर्ना भएको समयमा तत्काल अक्सिजनको समस्या भए तुरुन्त संस्थाका कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको संस्थाका प्रमुख ब्यवस्थापक केबी लामाले जानकारी दिए ।

संस्थाले सदस्य तथा सदस्यको परिवारलाई तत्काल अक्सिजनको ब्यवस्थापन गर्न समस्या भएमा संस्थाका कर्मचारीलाई सम्पर्क गरे अक्सिजन उपलब्ध गराउने जनाएको हो ।

संस्थाले अत्यावश्क समयमा अक्सिजन ब्यवस्थापन गरिदिने जनाएको छ । संस्थाले कही कतै ब्यवस्थापन गर्न नसके तुरुन्त संस्थाका आधिकारिक ब्यक्तीलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।



Leave a comment