चन्द्रागिरिमा विपद व्यवस्थापन कार्यदल गठन

चन्द्रागिरिमा विपद व्यवस्थापन कार्यदल गठन :: Sahakari Akhabar

काठमाडौं । चन्द्रागिरि नगर सहकारी समन्वय समितिले विपद व्यवस्थापन कार्यदल गठन गरेको छ । नगरपालिकाका विभिन्न वडामा संचालित सहकारीले कोरोना भाईरस (कोभिड–१९) महामारीबाट संक्रमित नगरवासीलाई सहयोग गर्ने उद्धेश्यले कार्यदल गठन गरेको समितिले जनाएको छ ।

समितिले जेठ ६ गते सूचना प्रकाशित गरेर नगरपालिका भित्रका सहकारीलाई कोरोना संक्रमित विरामीलाई समितिमार्फत आर्थिक तथा भौतिक सहयोग गर्न आह्वान गरेको हो । छरिएर भन्दा सामूहिकरुपमा गरेको सहयोग प्रभावकारी हुने भएकाले समितिले एकद्वार प्रणालीमार्फत सहयोग गर्न आग्रह गरेको हो ।

अभौतिक माध्यमबाट संचालिक समितिको पूर्ण बैठकले लेमन श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा राज भाई महर्जन, राज कुमार महर्जन, अनिता पौडेल, नारायण कृष्ण महर्जन र राजेन्द्र महर्जन सदस्य रहेका छन् ।



Leave a comment