भक्तपुर । कौशलटारमा मुख्य कार्यालय रहेको नागरिक बिकास बचत तथा ऋण सहकारी संस्थाले सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
संस्थाले आज ( ४ गते) भक्तपुर जगातीमा खटिएका सुरक्षाकर्मीकोलागि स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
संस्थाका अध्यक्ष नुनम् सुब्बाले नेपाल प्रहरी नायब उपरीक्षक राजेश थापाको टिमलाई सेनिटाइजर, पन्जा, माक्स र पिपिइ हस्तान्तरण गरेका थिए ।
Leave a comment