झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारीले पिसिआर पोजेटिभ भएका सदस्यलाई सम्पूर्ण सेवामा पहल गर्ने भएको छ ।
संस्थाले सदस्यमा कोरोना पोजेटिभ देखिएमा नआत्ति बस्न आग्रह गरेको छ । संस्थाले सदस्यलाई नआत्ति मनोबल उच्च राख्न र संस्थाका सम्पर्क ब्यक्तीलाई सम्पर्क गरी सहयोग लिन अनुरोध गरेको छ ।
संस्थाले यदी सदस्यलाई कारोना पोजेटिभ देखिइहाले अस्पताल, स्वस्थ्य सामाग्री, पोसिलो खाने कुरा, अक्सिजन, रगत, यातायातलगाएतको सेवामा समन्वय गर्ने संस्थाका अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए ।
उनले संस्थाका पदाधिकारी, कर्मचारी तथा सेवाकेन्द्रका कर्मचारी मार्फत सेवा लिन सकिने जनाए । सदस्यहरुमा आर्थिक भार बढन सक्ने हँदा केही राहत स्वरुप योजना ल्याईएको अध्यक्ष राउतले बताए ।
यो विषम परिस्थितिमा निषेधाज्ञाको समय अवधिभर सदस्यहरुलाई हर्जना र जरिवानामा शतप्रतिशत छुट दिने र निषेधाज्ञा अवधिको व्याजमा १५ प्रतिशतसम्म छुट दिने निर्णय गरिएको संस्थाका अध्यक्ष राउतले बताए ।
यो विषम परिस्थितिमा सदस्यहरुलाई सुरक्षित रहँदै घरघरमै बस्न र अत्यावश्यक भए सम्पर्क नम्वरमा सम्पर्क गरेर सेवा सुविधा लिन समेत अनुरोध उनले जानकारी दिए ।
संस्थाका कर्मचारीहरुले आफ्नो तलवबाट केही रकम कटाएर एकका लागि एक अभियानलाई अक्सिजन बैंक स्थापनाको लागि २ थान अक्सिजन सिलिन्डर सहयोग गर्ने निर्णय गरेको अध्यक्ष राउतले बताए ।
Leave a comment