सम्पर्क ब्यक्ती मार्फत सेवा लिन शिव शिखर सहकारीको अनुरोध

सम्पर्क ब्यक्ती मार्फत सेवा लिन शिव शिखर सहकारीको अनुरोध :: Sahakari Akhabar

भक्तपुर । कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले सम्पर्क ब्यक्ती मार्फत सेवा लिन सदस्यलाई आग्रह गरेको छ ।

संस्थाले सूचना प्रकाशन गरी संस्थाको कार्यालय खुल्ने समय र सम्पर्क ब्यक्ती तोकेको हो । सूचनामा कोरोना भाइरस संक्रमण बढ्न नदिन र यसबाट जोगिन सरकारले गरेको निषेधाज्ञाको पालना गर्दै सेवा समय र तालिका प्रकाशन गरेको जनाएको छ ।

सदस्यहरुलाई अत्याबश्क परेमा मुख्य कार्यालय आइतबार र बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला रहने जनाएको छ । त्यसैगरी मुख्य कार्यालयबाट एउटा खाताबाट एक लाखसम्म भुक्तानी दिने संस्थाका मुख्य प्रवन्धक लिला नाथ गौतमले जनाएका छन् ।

त्यसैगरी संस्थाका सवै सेवा केन्द्रहरुमा सम्पर्क ब्यक्ती र सम्पर्क नम्वर समेत सूचनामा प्रकाशन गरेको छ । संस्थाले उक्त ब्यक्तीहरुसंग सम्पर्क गरेर सेवा लिन सक्ने जनाएको छ ।



Leave a comment