किसान बहुउद्देश्यीय सहकारीलाई ‘स्मार्ट सर्टिफिकेट’

किसान बहुउद्देश्यीय सहकारीलाई ‘स्मार्ट सर्टिफिकेट’ :: Sahakari Akhabar

कैलाली । किसान बहुउद्देश्यीय सहकारी संस्था सदस्य सुरक्षणका लागि अब्बल संस्थाको रुपमा विभुषित भएको छ । सदस्य सुरक्षणका विश्वव्यापी सिद्धान्तहरुको पालना गरेको भन्दै संस्थाले अन्तराष्ट्रिय स्तरको ‘स्मार्ट सर्टिफिकेट’ प्राप्त गरेको हो ।

सदस्य सुरक्षणका सूचकांकहरुको अनुगमन तथा मुल्यांकन गर्ने अन्तराष्ट्रिय सञ्जाल ‘स्मार्ट क्याम्पियन’ ले संस्थालाई सदस्य सुरक्षणमा अब्बल संस्था रहेको ठहर गर्दै प्रमाणपत्र प्रदान गरेको हो ।

क्याम्पियनले निर्धारण गरेका सदस्य सुरक्षणका ७ सिद्धान्त तथा १९२ मानकहरु किसान सहकारीले पूर्णरुपमा पालना गरेको अन्तराष्ट्रिय अभियानले ठहर गरेको छ ।

सिद्धान्त अनुसार सहकारी संस्थाले सदस्यहरु माथि अधिक कर्जाको भार नपारेको, वित्तीय सेवाहरुको निर्माण, परिमार्जन तथा वितरणमा प्रभवकारी प्रक्रिया अवलम्बन गर्ने गरेको, वित्तीय सेवाको मुल्य निर्धारण गर्दा जिम्मेवार हुने गरेको, वित्तीय सेवा प्रवाह गर्दा लाग्ने शुल्क तथा मुल्यबारे पारदर्शिता कायम गर्ने गरेको छ ।

त्सयसैगरी सस्थाले स्यहरुसँग सम्मान जनक व्यवहार गर्ने गरेको, सदस्यका सुचनाहरु गोप्य राख्ने गरेको र सदस्यका गुनासा सुन्ने चुस्त दुरुस्त संयन्त्र निर्माण गरि प्रभावकारी प्रयोग गरेको अभियानले ठहर गरेको छ ।

किसान बहुउद्देश्यीय सहकारी संस्था सदस्य सुरक्षणका लागि विभुषित हुने नेपालको पहिलो वित्तिय संस्था बनेको छ । यस प्रमाणपत्रको म्याद ४ वर्ष रहने छ । ४ वर्षपछि पुनः प्रमाणिकरण प्रक्रियामा गई संस्थाले सिद्धान्तहरुको पालनालाई निरन्तरता दिएको साबित गर्न सक्नु पर्ने प्रमणपत्र जारी गर्ने निकाय ‘स्मार्ट क्याम्पियन’ को नीति रहेको छ ।

किसान सहकारीले सन् २०१५ मा पहिलो पटक सदस्य सुरक्षणमा समर्थन जनाउँदै अभियानमा जोडिएको संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले जानकारी दिए ।




Leave a comment