नारी संकल्प साकोसको स्थापना दिवस कार्यक्रम सम्पन्न

नारी संकल्प साकोसको स्थापना दिवस कार्यक्रम सम्पन्न :: Sahakari Akhabar

विराटनगर । मोरङको उर्लाबारीमा रहेको नारीसंकल्प बचत तथा ऋण सहकारी संस्थाको १५ औं स्थापना दिवस मैनबत्ती बालेर मनाएको छ ।

संस्थाकी अध्यक्ष सिता कार्कीले कोरोना संक्रमण (कोभिड १९) को कारण पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर सहकारीका  सिमित कर्मचारी र सञ्चालकले १५ वटा मैनबत्ती बारे स्थापना दिवस मनाईएको बताइन् ।

सहकारीले स्थापना दिवसको अवसरमा शेयर सदस्यहरुलाई शुभकामना दिएको छ । ‘शेयर सदस्यहरुको आर्थिक प्रगति र समृद्धिको कामना गर्दै अध्यक्ष सिता कार्कीले शुभकामना संदेश दिएकी हुन् ।

कार्यालय समय कटौती

संस्थाले बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै सहकारी कार्यालय समय तथा सम्पर्क ब्यक्ती तोकेको छ । ५० प्रतिशत कर्मचारीबाट मात्र सेवा दिने गरेको अध्यक्ष कार्कीले बताईन ।

विहान १० बजेदेखि दिउसो २ बजेसम्म मात्र कार्यालय सञ्चालन गर्ने गरेको उनको भनाई छ । पूर्ण स्वास्थ्य मापदण्ड पालना गरी शेयर सदस्यहरुलाई सेवा दिईराखेको कार्कीले बताईन ।

सहकारी दुखको साथी भएकाले शेयर सदस्यको दुखमा साथ दिनुपर्ने भन्दै यो विषम् परिस्थितिमा पनि आफ्ना सदस्यहरुको सेवाको लागि कार्यालय सुचारु गरेको उनको भनाई छ  । 



Leave a comment