भक्तपुर । भक्तपुर नगरपालिकाले निषेधाज्ञाभर सदस्यसंग दैनिक बचत संकलन नगर्न सूचना जारी गरेको छ । नगरपालिकाले सदस्यहरुसंग दैनिक बचत संकलन स्थगीत गरी कार्यालय संचालन गर्न भनेको छ ।
त्यसैगरी सहकारी संस्था बिहान ७ बजे देखि १० बजे सम्म (३ घण्टा) मात्र खोलेर सेवा दिन आग्रह गरेको छ । त्यसैगरी सूचनामा सदस्यको बचत फिर्ता गर्न तरलताको राम्रो ब्यवस्था गर्न पनि उल्लेख छ ।
कर्मचारी तथा सदस्यलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गरी सेवा दिन र संस्थाका बैठक भर्चुअल रुपमा मात्र संचालन गर्न आग्रह गरेको छ ।
Leave a comment