दोलखा । जिल्ला सहकारी संघ दोलखाले नेपाल प्रहरी र पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री बितरण गरेको छ । संघले नेपाल प्रहरीलाई ३३ सय थान मास्क, सेनिटाइजर, ४ सय पन्जा र पत्रकार महासंघलाई २ सय पिस मास्क, ५ सेट पिपिई, सेनिटाइजर, १ सय पिस पन्जा लगायतका स्वास्थ्य सामाग्री बितरण गरेको हो ।
संघका अध्यक्ष हेमन्त चौलागाईंले दोलखाका प्रहरी प्रमुख भेषराज रिजाल । नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाईंलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष चौलागाईंले फ्रन्ट लाइनका खटिने सुरक्षाकर्मी र सञ्चारकर्मीको सुरक्षाका लागि स्वास्थ्य सामाग्री बितरण गरिएको बताए । आवश्यक परे सुरक्षाकर्मी र सञ्चारकर्मीलाई थप स्वास्थ सामग्री सहयोग गर्न सहकारी संघ तयार रहेको अध्यक्ष चौलागाईंले बताए ।
Leave a comment