विराटनगरमा आईतबार देखि निषेधाज्ञा छ । आसपासका गाउँपालिकामा पनि निषेधाज्ञा छ । निषेधाज्ञा भएका ठाउँमा धेरै सहकारीले दिनको एक दुई घण्टा मात्र सेवा दिईरहेका छन् । अधिकांश सहकारीले बचत फिर्ता लिने सदस्यहरुको लागि मात्र संस्था खोलेको बताएका छन् । ऋण लगानी सहकारीहरुले रोकेका छन् ।
समय तालिका र सम्पर्क ब्यक्ती तोकेर सेवा
चीना थापा, विराटनगर । कोरोना कहरको दोस्रो लहर सुरु भएसँगै आर्थिक क्षेत्रलाई निकै प्रभावित बनाएको छ । आर्थिक नितिको तेश्रो खम्बाको रुपमा रहेको सहकारी क्षेत्र पनि प्रभावित बनेको छ । ठूलो कारोबार गर्ने सहकारीहरु यो विषम् परिस्थितिमा पनि सञ्चालन भईरहे पनि सानो कारोबार गर्ने सहकारीहरुलाई भने विभिन्न समस्याहरु आउने गरेका छन् ।
केही घण्टा मात्र सहकारी खोल्नुपर्ने समस्या । त्यसमाथि कर्मचारी व्यवस्थापनमा समस्या । थोरै कारोबार हुने र बचत फिर्ता लिने बढी र ऋण तिर्ने कम आउने भएकाले सहकारीमा तरलता व्यवस्थापनमा समस्या आउने जागरुक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उमेश गुरुङले बताए ।
जोखिमपूर्ण अवस्थामा कर्मचारी परिचालन गर्न पनि चुनौती रहेको उनको भनाई छ । सबै सदस्यहरु प्रविधिको प्रयोग गर्न नसक्ने भएकाले संस्थाबाट सेवासुविधा दिनुपर्ने बाध्यता रहेको गुरुङले बताए । एक चौथाई मात्र कारोबार हुने गरेको बताउँदै उनले विहान १० बजेदेखि दिउसो १ बजेसम्म मात्र संस्था सञ्चालन गर्ने गरेको बताए ।
कृपालक्ष्मि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमृत गुरुङ पनि बचत फिर्ता लिने सदस्यको संख्या बढेको बताउछन् । सहकारीले पनि सदस्यको समस्यालाई मध्यनजर गर्दै अत्यावश्यक परि फोन गरेमा पनि बचत फिर्ता दिने व्यवस्था गरेको उनले बताए ।
तरलता भनेको निक्षेपकर्ताले मागेको बखत नगद दिन सक्ने सहकारीको क्षमता हो । त्यसैले सहकारी क्षेत्रमा तरलतालाई तुरुन्त लगानीयोग्य पुँजीका रूपमा बुझ्ने गरिन्छ । सहकारीले यस्तो क्षमतामा असर नपर्ने गरी कर्जा नीति तय गर्नुपर्छ । सहकारीमा व्यक्तिबाट संकलन हुन आएको रकम चल्ती, मुद्दती तथा निक्षेप खातामा जम्मा भएको हुन्छ र उनीहरूले मागेको समयमा ब्याजसहित रकम भुक्तानी गर्नुपर्ने दायित्व स्वयं सहकारीको हुन्छ ।
कोभिडका कारण एक जना सञ्चालन समितिको सदस्यको मृत्यु भएको कारण पनि सदस्यहरुमा केही डर भएर संस्थामा नआउनेलाई आफुहरुले पुरयाईदिने गरेको उनको भनाई छ । अहिलेसम्म राम्रै सँग संस्था संचालन भएपनि बचत फिर्ता लिनेहरुको मात्र संख्या बढ्यो भने तरलता व्यवस्थापनमा समस्या आउन सक्ने गुरुङको भनाई छ ।
जनमैत्री साकोसकी अध्यक्ष सिता लामिछानेले ऋण लगानी रोकेर बचत फिर्ता लिन आउने सदस्यहरुको रकम मात्र दिने गरेको बताउँछिन् । सहकारी संस्था पनि सदस्यहरुको समस्यालाई मध्यनजर गदै दिनको एक दुई घण्टा मात्र खोल्ने गरेको बताईन । दुई जना कर्मचारीलाई स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न लगाएर संस्था संचालन गरेको उनको भनाई छ ।
बचत फिर्ता लाने क्रम बढ्दै गयो भने तरलता व्यवस्थापनमा केही समस्या आउन सक्ने बताइन् । समस्या आएपनि सहकारीले व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको लामिछानेले बताईन । समस्या नपरी बचत फिर्ता लिन कोही नआउने भएकाले जसरी हुन्छ सदस्यहरुको समस्यालाई संस्थाले बुझ्नुपर्ने उनको तर्क छ ।
तरलता भनेको निक्षेपकर्ताले मागेको बखत नगद दिन सक्ने सहकारीको क्षमता हो । त्यसैले सहकारी क्षेत्रमा तरलतालाई तुरुन्त लगानीयोग्य पुँजीका रूपमा बुझ्ने गरिन्छ । सहकारीले यस्तो क्षमतामा असर नपर्ने गरी कर्जा नीति तय गर्नुपर्छ । सहकारीमा व्यक्तिबाट संकलन हुन आएको रकम चल्ती, मुद्दती तथा निक्षेप खातामा जम्मा भएको हुन्छ र उनीहरूले मागेको समयमा ब्याजसहित रकम भुक्तानी गर्नुपर्ने दायित्व स्वयं सहकारीको हुन्छ ।
मोरङको विराटनगरमा आईतबार देखि निषेधाज्ञा छ । आसपासका गाउँपालिकामा पनि निषेधाज्ञा छ । निषेधाज्ञा भएका ठाउँमा धेरै सहकारीले दिनको एक दुई घण्टा मात्र सेवा दिईरहेका छन् । अधिकांश सहकारीले बचत फिर्ता लिने सदस्यहरुको लागि मात्र संस्था खोलेको बताएका छन् । ऋण लगानी सहकारीहरुले रोकेका छन् ।
यो विषम् परिस्थितिमा बचत पनि कम हुने भएकाले र अगाडि भएका ऋण लगानी पनि नआउने अवस्था रहेकाले सहकारीहरुले पर्याप्त तरलता व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको सहकारीकर्मीहरु बताउँछन् ।
Leave a comment