प्रदेश एक सहकारी संघले भन्याे : सदस्यकाे बचतको सिमा बढाउनु

प्रदेश एक सहकारी संघले भन्याे : सदस्यकाे बचतको सिमा बढाउनु :: Sahakari Akhabar

चीना थापा, विराटनगर । प्रदेश १ सहकारी संघले सदस्यहरुबाट गरिने मासिक बचतको सिमा वृद्धि गर्न आग्रह गरेको हो । सदस्यहरुलाई बचतमा प्रोत्साहन गर्ने र सदस्यहरुलाई नियमित बचत गर्न अनुरोध गर्न समेत भनेको छ ।

संघले विज्ञप्ती जारी गरी अत्यावश्यक बस्तु तथा सेवाहरु प्रवाह गर्न प्रदेशमा सञ्चालित सहकारीहरुलाई संघले आग्रह गरेको छ । संघले विज्ञप्ती मार्फत सदस्यहरुलाई अत्यावश्यक बाहेकका दैनिक कारोबारमा संलग्न नगराउने भनेको छ । संभावित कोरोना संक्रमणलाई मध्यनजर गर्दै विभिन्न बैंक तथा वित्तिय संस्थामा रहेको मौज्दातलाई विकेन्द्रित गर्न पनि निर्देशन दिएको छ ।

त्यसेगरी लामो अवधिको बचतलाई प्रोत्साहन गर्ने, सदस्यहरुबाट गरिने मासिक बचतको सिमा वृद्धि गर्न प्रोत्साहन गर्ने र सदस्यहरुलाई नियमित बचत गर्न अनुरोध गर्न भनेको छ । ठूलो परिमाणको कर्जा प्रवाहनगर्ने, अत्यावश्यक कार्यका लागि मात्र कर्जा दिने र अल्पकालिन कर्जा लगानीमा जोड दिन विज्ञप्तीमा भनिएको छ ।

संघले संस्थाका कर्मचारीहरुलाई अनिवार्य रुपले परिचयपत्र उपलब्ध गराउने र निषेधाज्ञा जारी भएको स्थानमा सोही परिचयपत्रका आधारमा कार्यालयमा आवतजावतका लागि सुरक्षाकर्मीसँग समन्वय गर्न आग्रह गरिएको प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलले बताए ।

संघले सोमबार विज्ञप्ती प्रकाशन गरी संघ संस्थाको बैठक, अन्तरक्रिया, गोष्ठी आदि लगायतका कार्यक्रमहरु सकेसम्म भर्चुअल माध्यमबाट मात्र संचालन गर्न भनेको छ । सदस्यहरुलाई अत्यावश्यक बाहेकका दैनिक कारोबारमा संलग्न नगराउन पनि सघ आग्रह गरेको विज्ञप्तीमा जनाईएको छ ।

संघले संस्थाको प्रकृति र सदस्यहरुको आवश्यक्ता एवम् अवस्था हेरी कारोबारको समय छोट्याउने, संस्थामा पर्याप्त तरलताको व्यवस्था गर्ने, सदस्यहरुलाई अनावश्यक रुपमा बचत फिर्ता नलिन आग्रह गर्ने, कार्यालयका कर्मचारीहरुलाई माक्स, सेनिटाईजर, हातेपन्जा आदि उपलब्ध गराउने, सकेसम्म प्रविधिमा आधारित सेवामा जोड दिन सहकारीहरुलाई अपिल गरेको छ ।        
 




Leave a comment