प्रशासनको कडाइपछि, प्रविधिमार्फत सहकारीको सेवा

प्रशासनको कडाइपछि, प्रविधिमार्फत सहकारीको सेवा :: Sahakari Akhabar

सहकारीका सञ्चालकले महँगो भयो, सहकारीका सदस्यले चलाउन जान्दैनन् भन्ने र प्रविधि प्रयोग गर्न नचाहने प्रवृत्ति यथावत् रहेको उनी बताउँछन् । ‘त्यस्तो किसिमको जागरूकता आएको छैन । निशेधाज्ञाले आशा गर्न सकिने ठाउँ छ’ उनले भने ।

काठमाडौँ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले प्रविधि प्रयोगलाई बढवा दिएको छ । घरमै बसी बसी काम गर्ने र आवश्यकता पूरा गर्ने सवालमा प्रविधि प्रयोग विश्वव्यापी बन्न पुगेको छ ।

त्यसो त सहकारी क्षेत्रमा प्रविधि प्रयोग निकै कम छ । सहकारीलाई प्रविधि प्रयोगमा कानुनी स्पष्टता छैन । सहकारीको नियमक निकाय तथा सहकारी आन्दोलनका निकायहरू कमजोर हुँदा सहकारीले खुलेर प्रविधि प्रयोग गर्न पाएका छैनन् ।

सहकारीका कर्मचारीलाई जिल्ला प्रशासनले कडाइ गरेको छ । बन्दाबन्दीको त्राससङ्गै  कोरोनाको त्रास पनि भएकाले सहकारीले बाध्य भएर प्रविधि प्रयोग गरी सदस्यलाई सेवा दिने पहल गरेका छन् ।

अहिले कानुनी अस्पष्टताका बाबजुद पनि सहकारीले प्रविधि प्रयोगलाई विशेष जोड दिन थालेका छन् । सहकारीले सूचना गरी प्रविधि प्रयोगमा प्रोत्साहन गरिरहेका छन् ।

राष्ट्रिय सहकारी महासङ्घले यस वर्षको नारा प्रविधिमा सहकारी तय गरेको छ । प्रविधिको प्रयोग बढाउन महासङ्घले गाइडलाइन बनाउन गृहकार्य गरिरहेको छ ।

कोभिडले सहकारीलाई प्रविधिमा जान अघोषित दबाब दिएको छ । कतिपय सहकारीले आफ्ना सदस्यलाई प्रविधिमार्फत सेवा दिइरहेका छन् । कोभिडका बेला पनि धेरै सहकारी प्रविधिसँग जोडिएका छन् । कोभिडका कारण निषेधाज्ञा घोषणा गरिएपछि सहकारीको सेवा प्रवाहमा कठिनाइ भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालयहरूले नेपाल राष्ट्र बैङ्कबाट इजाजत लिएका बैङ्क तथा वित्तीय संस्थालाई मात्र सवारी सधान उपयोग गरी कार्यालय आउजाउ गर्न दिने उल्लेख गरेको छ ।

त्यसको प्रत्यक्ष असर सहकारीलाई परेको छ । केही सुरक्षाकर्मीले सहकारीका कर्मचारीलाई सहज रुपमा आउजाउ गर्न दिए पनि अधिकांशले रोक्ने गरेको सहकारी कर्मी गुनासो गर्छन् ।

संस्थाको एप मार्फत इन्टरनेट, खाने पानी लगायतको बिल भुक्तानी गर्न सकिने उनको भनाइ छ । यसका साथै मुख्य कार्यालयमा दुई जना र अन्य १० ठाउँमा १० जना सम्पर्क व्यक्ति तोकेर पनि सेवा दिइरहेको अध्यक्ष मानन्धरले बताए । पछिल्लो समयमा प्रविधिको प्रयोग अधिक भएको उनको भनाई छ ।

सीता पाइला बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी अध्यक्ष केदार मानन्धरले निशेधाज्ञाका समयमा प्रविधिको प्रयोग बढेको बताए । उनले केही समय अघि नै सीता पाइला सहकारीले प्रविधि प्रयोगमा ल्याएको बताए ।

संस्थाले प्रवाह गरेको एटिएम कार्डबाट सबै बैङ्कको एटिएमबाट पैसा झिक्न सकिने तथा मोबाइल तथा इन्टरनेट बैङ्किङ सेवा मार्फत फन्ड ट्रान्सफर लगायतको सेवा लिन सकिने बताए ।

संस्थाको एप मार्फत इन्टरनेट, खाने पानी लगायतको बिल भुक्तानी गर्न सकिने उनको भनाइ छ । यसका साथै मुख्य कार्यालयमा दुई जना र अन्य १० ठाउँमा १० जना सम्पर्क व्यक्ति तोकेर पनि सेवा दिइरहेको अध्यक्ष मानन्धरले बताए । पछिल्लो समयमा प्रविधिको प्रयोग अधिक भएको उनको भनाई छ ।

१० प्रतिशत कर्मचारीबाट मात्रै सेवा दिन खोज्दा पनि प्रशासनले दुःख दिने गरेको उनी सुनाउँछन् । ‘सहकारीप्रति हेर्ने राज्यको दृष्टिकोण सही छैन’ उनले भने, ‘बैङ्कलाई २५ प्रतिशत सुविधा दिँदा पनि सहकारीप्रति मौन हुन दुःखद हो ।’ सहकारीलाई पेमेन्ट गेटवे दिएमा बैङ्क तथा वित्तीय क्षेत्रमै सुधार आउने उनको बुझाइ छ । ‘सहकारीलाई अङ्कुश लगाउनुपर्ने जरुरी छैन । नागरिकलाई सहज सेवा दिन सरकारले सहकारीलाई रोक लगाउनु हुँदैन ।’

जेष्ट बचत तथा ऋण सहकारी संस्थाले प्रविधि प्रयोगमा जोड दिएको छ । प्रबन्ध सञ्चालक मधुसूदन पाठकले २ हजार २ सय जना सदस्यले अनलाइन बैङ्किङ सेवा लिएको बताए ।

जेष्टले इन्फो डेपलपर्स मार्फत सेटेलमेन्ट र  डिजिटल पेमेन्टको सेवा दिइरहेको छ । पाठक अनलाइन बैङ्किङ प्रभावकारी भइरहेको बताउँछन् । सदस्यले दिनमा २ लाखसम्म आइबिटी सर्भिस पाउन सक्छन् ।

पाठक सबै सदस्यले प्रविधि प्रयोग नगरेको बताउँछन् । ‘लकडाउन, निषेधाज्ञाले सबै सदस्यलाई प्रविधि प्रयोग गर्न जागरूक गराउन सक्छ’ उनले भने, ‘निशेधाज्ञा अघि नै सदस्यले आवश्यक रकम जम्मा गरेकाले पनि २ दिनको अवधिमा फोन बजेको छैन ।’ जेष्टले प्रविधि प्रयोगसँगै १० देखि २ बजेसम्म कार्यालय खोलेर नै सेवा दिइरहेको छ ।

१० प्रतिशत कर्मचारीबाट मात्रै सेवा दिन खोज्दा पनि प्रशासनले दुःख दिने गरेको उनी सुनाउँछन् । ‘सहकारीप्रति हेर्ने राज्यको दृष्टिकोण सही छैन’ उनले भने, ‘बैङ्कलाई २५ प्रतिशत सुविधा दिँदा पनि सहकारीप्रति मौन हुन दुःखद हो ।’

सहकारीलाई पेमेन्ट गेटवे दिएमा बैङ्क तथा वित्तीय क्षेत्रमै सुधार आउने उनको बुझाइ छ । ‘सहकारीलाई अङ्कुश लगाउनुपर्ने जरुरी छैन । नागरिकलाई सहज सेवा दिन सरकारले सहकारीलाई रोक लगाउनु हुँदैन ।’

तेस्रो पुस्ता पुगी सक्दा पनि प्रविधि प्रयोग गर्न आनाकानी गर्नु उचित नभएको उनको भनाइ छ । महासङ्घ सचेत भए पनि ढिलाइ भइसकेको उनी ठान्छन् । नीति, विधि र प्रविधिको कुरा गरिए पनि व्यवहारिक प्रयोगमा कठिनाइ भइरहेको उनको भनाइ छ ।

‘क्युआर सिस्टम पनि प्रयोग गरिरहेका छन् ।’ उनले भने, ‘क्यास प्रयोग नहोस् भन्ने मनसायले क्युआर कोडको अवधारणा ल्याइएको हो ।’ प्रविधिको प्रयोग बढ्दै गए पनि क्यासको डिमान्ड नघटेको पाण्डेले बताए । कोभिडले प्रविधिको प्रयोग र उपदेयता धेरै बढाएको उनले महसुस गरेका छन् ।

नवकान्तिपुर बचत तथा ऋण सहकारीले मोबाइल बैङ्किङ तथा एटिएमबाट सदस्यलाई पैसा झिक्न सक्ने सेवा दिइरहेको छ । १० बजेदेखि २ बजेसम्म कार्यालय खोलेर सीमित जनशक्तिबाट समेत सेवा दिइरहेको भए तापनि एप्सबाट धेरै कारोबार भइरहेको संस्थाका सहायक प्रबन्धक हरिप्रसाद पाण्डे बताउँछन् । फिक्स डिपोजिट टेलिफोनबाटै नवीकरण गर्ने गरिएको उनले सुनाए ।

‘क्युआर सिस्टम पनि प्रयोग गरिरहेका छन् ।’ उनले भने, ‘क्यास प्रयोग नहोस् भन्ने मनसायले क्युआर कोडको अवधारणा ल्याइएको हो ।’ प्रविधिको प्रयोग बढ्दै गए पनि क्यासको डिमान्ड नघटेको पाण्डेले बताए । कोभिडले प्रविधिको प्रयोग र उपदेयता धेरै बढाएको उनले महसुस गरेका छन् ।

उनका अनुसार प्रविधि प्रयोग गर्ने ४० भन्दा कम उमेर समूहका छन् । क्यास बोकेर र कार्डबाट कारोबार गर्नु भन्दा प्रविधि प्रयोग गर्दा सजिलो हुने भए पनि अझै पूर्ण रुपमा प्रविधिमै जान कठिन देखिएको छ ।

सहरमा सहकारीले मिनी बैङ्कको रूपमा काम गरिरहेका छन् । बचत तथा ऋणको काम बैङ्क भन्दा फरक नभएकाले नाम फरक भए पनि काम उस्तै भएकाले प्रशासनले चिन्नु पर्ने सहकारी कर्मी तर्क गर्छन् । खर्चिलो गरी प्रविधिमैत्री बन्न सकिने अवस्था नरहे पनि सदस्यलाई सेवा दिन सहकारी प्रविधिमा जानुपर्छ । विशेष गरी सहरमा रहेका सहकारीले थोरै खर्चमा भए पनि प्रविधि प्रयोग गर्नुपर्न उनी ठान्छन् ।

नेचुरल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत विकल्प पाठकले कोभिडपछि प्रविधि प्रयोगको महत्त्व अझ बढेर गएको बताए । पछिल्लो समयमा कोभिडपछि सहकारीले सदस्यलाई प्रविधिमा जोड्ने काम बढ्दै गएको उनी बताउँछन् ।

प्रविधिमैत्री ऐन कानुन नभए पनि सहकारीले बैङ्किङ सरहका सेवा दिन थालेका छन् । नेचुरलले क्युआर कोड, एटिएम, मोबाइल बैङ्किङ इपेमेन्ट, फण्ड ट्रान्सफर सेवा दिइरहेको छ ।

प्रमुख कार्यकारी अधिकृत पाठकका अनुसार सदस्यहरूले एटिएमबाट पैसा निकालेर दैनिक कारोबार गरिरहेका छन् । प्रविधि प्रयोगका कारण पहिला जस्तो ५/१० हजार रकम पनि पाइएन भन्ने गुनासो हटेको उनले बताए ।

प्रविधि प्रयोगमा बढवा दिएसँगै नेचुरलले १० बजेदेखि १ बजेसम्म कार्यालय सञ्चालन गरेर सेवा दिइरहेको छ । एक तिहाइ कर्मचारी राखेर नेचुरलले सदस्यलाई सेवा दिइरहेको पाठकले बताए ।

सहरमा सहकारीले मिनी बैङ्कको रूपमा काम गरिरहेका छन् । बचत तथा ऋणको काम बैङ्क भन्दा फरक नभएकाले नाम फरक भए पनि काम उस्तै भएकाले प्रशासनले चिन्नु पर्ने सहकारी कर्मी तर्क गर्छन् ।

खर्चिलो गरी प्रविधिमैत्री बन्न सकिने अवस्था नरहे पनि सदस्यलाई सेवा दिन सहकारी प्रविधिमा जानुपर्छ । विशेष गरी सहरमा रहेका सहकारीले थोरै खर्चमा भए पनि प्रविधि प्रयोग गर्नुपर्न उनी ठान्छन् ।

सुरक्षित रहन प्रविधिको उच्चतम प्रयोग बिना अघि बढ्न नसकिने उनी ठान्छन् । ज्येष्ठ आइडोलोजीले एटिएम स्वीकृति लिए पनि महँगो हुनुका साथै प्रभावकारी नभएकाले एटिएम भन्दा आइपिएस र क्यु आर कोर्ड सिस्टमलाई प्राथमिकता दिएको कार्की बताउँछन् ।

जेष्ठ आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले स्मार्ट एप (मोबाइल बैङ्किङ) सेवा सञ्चालन गरेको छ । यसबाट खास गरी कोभिडका बेला धेरै सदस्यले सेवा लिएका छन् ।

त्यस्तै आइपिएस (फन्ड ट्रान्सफर सेवा र क्यु आर कोड पनि प्रभावकारी बन्दै गएको प्रबन्ध सञ्चालक हेम कार्की बताउँछन् । आइपिएस बाट सहकारीको खाताबाट कुनै पनि बैङ्क खातामा पैसा पठाउन सकिन्छ ।

‘मोबाइल बैकिङ्ग भित्रै सदस्यले मिस्डकल बैकिङ्ग सेवा पनि पाउँछन्’ कार्कीले भने, खाताको जानकारी पाउनुका साथै मोबाइलको रिचार्ज हुने व्यवस्था छ ।’ ज्येष्ठ आइडियोलोजीले इटेलर (चेकबिना पैसाको कारोबार गर्न सकिने) व्यवस्था ल्याएको छ ।

सुरक्षित रहन प्रविधिको उच्चतम प्रयोग बिना अघि बढ्न नसकिने उनी ठान्छन् । ज्येष्ठ आइडोलोजीले एटिएम स्वीकृति लिए पनि महँगो हुनुका साथै प्रभावकारी नभएकाले एटिएम भन्दा आइपिएस र क्यु आर कोर्ड सिस्टमलाई प्राथमिकता दिएको कार्की बताउँछन् ।

ज्येष्ठ आइडियोलोजीले प्रधान कार्यालय न्यूरोड, सेवा केन्द्र मैतीदेवी र काँडा घारीबाट सीमित समय कार्यालय खोली सेवा दिइरहेपनि पछिल्लो समयमा घरदैलो कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । ‘सकभर प्रविधिको प्रयोग गर्न भनेका छौं, सम्भव नभए घरदैलो सेवा पनि सुरु गर्न सकिन्छ’ उनले भने ।

अहिले स्मार्ट बैङ्किङ सेवा लिने १ हजार ३ सय सदस्य छन् । ‘कोभिड अघि दैनिक ५० जना हुन्थे भने अहिले २ सय बढीले सेवा लिइरहेका छन्’ प्रमुख कार्यकारी अधिकृत गेलालले भने ।

मेगाड्रिम सहकारीका प्रमुख कार्यकारी अधिकृत इन्द्रप्रसाद गेलालले कोभिडपछि प्रविधिमार्फत कारोबार बढेको बताए । मेगा ड्रिमले मोबाइल बैङ्किङ, क्युआर कोड र फन्ड ट्रान्सफर, खल्ती ई सेवा सञ्चालन गरेको छ ।

उनका अनुसार अहिले स्मार्ट बैङ्किङ सेवा लिने १ हजार ३ सय सदस्य छन् । ‘कोभिड अघि दैनिक ५० जना हुन्थे भने अहिले २ सय बढीले सेवा लिइरहेका छन्’ प्रमुख कार्यकारी अधिकृत गेलालले भने ।

उपत्यकामा धेरै सहकारी संस्थाले सदस्यलाई प्रविधि मार्फत सेवा प्रवाह गरी रहेका छन्, चाबहिलमा रहेको कुमारी बचत तथा ऋण सहकारी, काडाघारीमा रहेको पाँचतारा बचत तथा ऋण सहकारी, ललितपुरको लालीगुराँस बहुउद्देश्यीय सहकारीले पनी सदस्य लाइ सेवा दीएकाे छ ।

त्यसैगरी भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी, नागरिक विकास बचत तथा ऋण सहकारी, काठमाडौँको चन्द्रागिरि बचत तथा ऋण सहकारी, हिल टप जुनार बहुउद्देश्यीय सहकारीलगायत धेरै सहकारीहरूले एटिएम सेवा तथा मोबाइल बैङ्किङ लगायतको प्रविधिको प्रयोग गरी सदस्यलाई सेवा प्रवाह गरिरहेकाले संस्थामा भिड कम हुन थालेको छ ।

प्रविधिको सही सदुपयोग गर्न सहकारी चनाखो हुनुपर्ने, बिजनेस प्यानल बनाएर प्रयोगमा ध्यान दिनुपर्ने उनी तर्क गर्छन् । ‘सहकारी कर्मीमा छेपारोको कथा दोहोरिइरहने गरेकोले अझै डिजिटल डिपेनिङ मास लेभलमा जान गाह्रो छ’ उनले भने ।  प्रविधि प्रयोग रहर गरेर मात्र नभई सदस्य सेवाका लागि गर्नै पर्छ भन्ने अठोट लिन सके मात्र सहकारीमा प्रविधि सफल हुने उनले बताए ।

इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघु वंशी सहकारीले बिस्तारै प्रविधि प्रयोग गर्न थालेको बताउँछन् । मोबाइल बैङ्किङ, एटिएमलगायत प्रविधि प्रयोग हुन थाले पनि अझै सहकारीमा उत्साह आई नसकेको बताउँछन् । ‘बिस्तारै कुरो बुझ्दै छन्, उनले भने, ‘सहकारीले मोबाइल बैङ्किङलाई फेसनको रूपमा लिनु भएन ।’

सहकारीले डिजिटल डिपेनिङमा जान नचाहेको उनको अनुभव छ । ‘प्रविधि प्रयोग सुनको गहना एक पटक लगाएर सेटमा थन्काए जस्तो, गाडी किनेर ग्यारेजमै राखेजस्तो होइन’ उनले भने, ‘प्रयोग गर्न जान्नु पर्छ ।’

सहकारीका सञ्चालकले महँगो भयो, सहकारीका सदस्यले चलाउन जान्दैनन् भन्ने र प्रविधि प्रयोग गर्न नचाहने प्रवृत्ति यथावत् रहेको उनी बताउँछन् । ‘त्यस्तो किसिमको जागरूकता आएको छैन । निशेधाज्ञाले आशा गर्न सकिने ठाउँ छ’ उनले भने । प्रविधिको सही सदुपयोग गर्न सहकारी चनाखो हुनुपर्ने, बिजनेस प्यानल बनाएर प्रयोगमा ध्यान दिनुपर्ने उनी तर्क गर्छन् ।

‘सहकारी कर्मीमा छेपारोको कथा दोहोरिइरहने गरेकोले अझै डिजिटल डिपेनिङ मास लेभलमा जान गाह्रो छ’ उनले भने ।  प्रविधि प्रयोग रहर गरेर मात्र नभई सदस्य सेवाका लागि गर्नै पर्छ भन्ने अठोट लिन सके मात्र सहकारीमा प्रविधि सफल हुने उनले बताए ।




Leave a comment