हाइलाइट

साना किसान खैरहनी र सिम्रिक बचतलाई सर्वोउत्कृष्ट संस्थाको सम्मान

साना किसान खैरहनी र सिम्रिक बचतलाई सर्वोउत्कृष्ट संस्थाको सम्मान :: Sahakari Akhabar

काठमाण्डौ । साना किसान कृषि सहकारी संस्था खैरहनी चितवन र सिम्रिक बचतले सर्वोउत्कृष्ट संस्थाको सम्मान पाएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २५ औँ वार्षिकोत्सव कार्यक्रममा उक्त संस्थाहरु सर्वोउत्कृष्ट संस्था घोषणा भएका हुन् ।

असार २२ गते सम्पन्न साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २५ औँ वार्षिकोत्सव कार्यक्रममा राष्ट्रियस्तरमा सर्वोउत्कृष्ट संस्था साना किसान कृषि सहकारी संस्था खैरहनी चितवन तथा कृषि बाहेका साझेदार संस्थाबाट सिम्रिक बचत तथा ऋण सहकारी संस्था सम्मानित भएका छन् ।

त्यसैगरी साना किसान वित्तीय संस्थाका १२ वटा शाखा कार्यालय मध्ये उत्कृष्ट शाखा कार्यालयका रुपमा शाखा कार्यालय नेपालगञ्ज र काठमाण्डौ शाखा कार्यालयतर्फबाट अनैकोट काभ्रेपलाञ्चोकलाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । साझेदार लघुवित्ततर्फबाट डिप्रोक्स लघुवित्त पनि पुरस्कृत भएको छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्टले सरकार ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने गतिमा अगाडि बढिरहेको बताए उनले सुस्तायको आर्थिक अवस्थालाई चलायमान बनाउँदै सरकारले अगाडि सारेको ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने योजनाका साथ काम गरिरहेको बताएका छन् ।

उनले वर्तमान सरकार निजी क्षेत्र र सहकारी क्षेत्रलाई पनि संगसंगै लिएर आर्थिक सवलिकणका कार्यक्रमलाई बढावा दिँदैजाने कुरामा सकारात्मक रहेको बताए । उपाध्यक्ष भट्टले नेपालको गरिबी निवारण र ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउने विषयमा साना किसान विकास लघुवित्त वित्तीय संस्था एक अग्रणी संस्था भएको बताए ।

उनले साना किसानको काम र यसको प्रभावलाई हेरेर अव साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई विशिष्टीकृत संस्थाका रुपमा विकास गर्न आवश्यक रहेको प्रतिक्रिया दिए । वास्तविक किसानको बीचमा पुगेर काम गर्ने र त्यो पनि सफल र सकारात्मक रुपान्तरणका लागि काम गर्ने संस्था साना किसान भएको भन्दै यसलाई विशिष्टीकृत संस्थाका रुपमा विकास गर्नसके यसको प्रभाव अझै बढाउँदै लैजान सकिने बताए ।

सरकारले सरकारी, निजी र सहकारी संस्थाहरुको सवलिकण मार्फत संस्थागत दिगोपनामा विशेष कार्यक्रम अगाडि बढाउने उनको भनाइ थियो । ठूला परियोजना निर्माणसंगै साना उद्यमीहरुले पनि अवसर पाउने भन्दै उनले ठूला परियोजना र पूर्वाधार विकासमा जोड दिँदै साना उद्यमीहरुलाइ पनि संगसंगै अगाडि बढाउने बताए ।

कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम बहादुर पाठकले सरकारले अगाडि बढाएका हरेक काम र कार्यक्रममा साना किसान अभियान सदैव संगसंगै अगाडि बढेको बताए । उनले आगामी दिनमा पनि सरकारले अगाडि बढाएको आर्थिक सामाजिक रुपान्तरणका कार्यक्रम कार्यन्वयनमा साना किसान अभियान र यसमा आवद्ध संस्था एवम् सदस्यहरुले प्रतिवद्ध भएर काम गर्ने बताए ।

अध्यक्ष पाठकले आगामी दिनमा किसानको उत्पादनलाई बजारसंग जोड्ने कार्यक्रममा साथ दिन अनुरोध गर्दै किसानले उत्पादन मात्र गरेर आर्थिक सम्पन्नता हासिल नुहुने बताए । उनले किसानको आफ्नै बजारका लागि सकारकाले विशेष रुपमा सोच्नुपर्ने र आफुहरुले किसानको उत्पादन विक्रिवितरणका लागि बजारको माग गरेपनि सरकारले यस बारेमा अन्तिम निर्णय लिन नसक्दा अहिलेसम्म किसानहरुले आफ्नो उत्पादन आफै विक्रिवितरण गर्न नपाएको गुनासो गरे ।



Leave a comment