हाइलाइट

बाराही साकोसद्धारा सदस्यलाई भान्छाघर तालिम

बाराही साकोसद्धारा सदस्यलाई भान्छाघर तालिम :: Sahakari Akhabar

काठमाडौं ।  भक्तपुरकाे बाराही बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई भान्साघर तालिम दिएको छ ।  संस्थाको युवा तथा स्वास्थ्य उपसमितिको आयोजनामा असार २५ गते संस्थाको सदस्यहरुलाई भान्साघर तालिम दिएको हो ।

हाम्रो दैनिक खानपान र भान्छामा उपलब्ध प्राकृतिक जडीबुटी तथा मसलाहरुलाई स्वास्थ्य रक्षाका लागि प्रयोग गर्ने गराउने प्रकृतिको तालिम दिएको छ । वागमती प्रदेश स्वास्थ्य मन्त्रालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, भक्तपुरका डा. नन्दन कँडेलको प्राविधिक सहयोगमा भान्छाघर नै औषधालय विषयकको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको जनाइएको छ।

कार्यक्रममा संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालबाट संस्थाको गतिविधिहरु प्रस्तुत गर्नुको साथै सहकारी संस्थाले सदस्यहरुको आर्थिक समृद्धिसंगै स्वास्थ्य, शिक्षा र सामाजिक सचेतनालाई पनि प्राथमिकता दिन्दै आएको जानकारी दिए ।

उनले सामान्य स्वास्थ्य समस्याका लागि अस्पताल गई महँगो औषधि, विशेषगरी पेनकिलर र एन्टिबायोटिक सेवनगर्ने बानीलाई निरुत्साहित गरी प्राकृतिक उपचारतर्फ आकर्षित गरि खर्चलाई न्युनिकरण गर्न कार्यक्रम आयोजना गरिएको बताए ।

सन्तुलित आहार पोषणमुक्त भोजन, नियमित व्यायाम, सरसफाई, पर्याप्त विश्राम र सकारात्मक जीवनशैली अपनाउन सकेमा धेरै रोगबाट बच्न सकिने कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ । भान्छा घरलाई नै स्वास्थ्यको पहिलो आधार र प्राकृतिक औषधालयका रुपमा विकास गुर्न आजको आवश्यकता रहेको व्यवस्थापक हाकुदुवालले बताए ।

अभिमुखिकरणको डा.कँडेल र डा.इला पौडेलले सहजीकरण गरेको थिए । उनीहरुले भान्छ घरमा नियमित प्रयोग हुने जिरा, मरिच, बेसार, अदुवा, असुन, मेथी, ज्वानो, तुलसी र कागती जस्ता वस्तुहरुको आयुर्वेदिक तथा वैज्ञानिक महत्वबारे जानकारी गराएका थिए ।

“खाना नै औषधि हो” भन्ने मान्यतालाई आत्मसात गर्दै ऋतु र मौसम अनुसार कस्तो खाना खाने, कस्ता खानेकराहरु नखाने र खाना पकाउने सही तरिका, बिषदीमुक्त अनि सन्तुलित भोजनबाट हाम्रो स्वास्थ्य राम्रो हुने कुराको जानकारी दिएका थिए ।

युवा तथा स्वास्थ्य उपसमितिका सदस्य रोशना सुवालले संचालन गरेको कार्यक्रममा उपसमिति सदस्य पुण्य कृष्ण भुजुले स्वागत मन्तव्य, सचिव विष्णु प्रसाद सुवाल, संयोजक पुनेन्द्र प्रसाद कुसीले सहकारी सदस्यहरु तथा स्वास्थ्य प्रति सचेत नागरिकहरुका लागि निकै उपयोगी हुने र हाम्रा पुस्ताले प्रयोग गर्दै आएको घरेलु तथा आयुर्वेदिक उपचार पद्धतिलाई आधुनिक परिपेक्ष्यमा बुझाएर जीवन्त राख्नुपर्ने बताएका थिए । अभिमुखिकरण कार्यक्रममा ४५ जना सदस्यहरुले सहभागिता रहेको थियो ।



Leave a comment