हाइलाइट

सुनौलो साकोस १९ वर्षमा प्रवेश

सुनौलो साकोस १९ वर्षमा प्रवेश :: Sahakari Akhabar

काठमाडौं । पोखरा ६ बैदाम कास्कीको सुनौलो बचत तथा ऋण सहकारी संस्था १९ वर्षमा प्रवेश गरेको छ । संस्था असार २३ गतेबाट १९ वर्षमा प्रवेश गरेको हो । संस्था १८ औं बसन्त सफलतापूर्वक पारगरी १९ औं बसन्तमा प्रवेश गरेको अवसरमा एक कार्यक्रम गरी संस्थाले स्थापना दिवस मनाएको छ ।

यसै अवसरमा संस्थाका अध्यक्ष जिवनराज सापकोटाले संस्थाका संस्थापक अध्यक्ष, सल्लाहकार, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमितिका पदाधिकारी एवं सदस्यहरुलाई शुभकामना तथा धन्यवाद व्यक्त गरेका छन् ।

संस्थासँग आवद्ध भएका सदस्यहरुको छरिएर रहेको स्रोत र साधनलाई एकिकृत गरि संस्थाको माध्यमबाट परिचालन गर्ने र मुलुकको बढ्दो आर्थिक सङ्कटबाट आफ्ना सदस्यहरुलाई सरल र सहज रुपमा निक्षेप तथा ऋण कारोबारको सेवा प्रदानगर्न आर्थिक वर्ष ०६४ / ०६५ मा संस्था कास्कीमा स्थापना भएको थियो ।

शेयर सदस्य, व्यवसायी र उद्यमीलाइ व्यवसायको प्रवर्धन गर्न, न्यून आय भएका उद्योग व्यापारी व्यवसायीहरुलाई आर्थिकस्तर वृद्धिगर्न आवश्यक वित्तीय साधन उपलब्ध गराई व्यापार, व्यवसाय, कृषि, पर्यटन र औद्योगिक विकासमा गतिशील बनाउने संस्थाको प्रतिबद्धता रहेको छ।

पर्यटन व्यवसायी, शिक्षा, उद्योग, व्यापार व्यवसायबाट सफल तथा कुशल व्यवस्थापकद्वारा संचालित संस्था, सहकारी सिद्धान्त, मूल्य र मान्यताप्रति प्रतिवद्ध रहेको अध्यक्ष सापकोटाको भनाइ छ । संस्थाले वित्तिय सेवा संगै सदस्यलाई मोबाइल बैंकिङ सेवा, एसएमएस, बिल भुक्तानी, रेमिटेन्सलगायतको सेवाप्रदान गरिरहेको संस्थाका ब्यवस्थापक गिरिधारी ढकाल बताउँछन् । संस्थामा हाल १ हजार २३५ जना सदस्य रहेको ब्यवस्थापक ढकालले जानकारी दिएका छन् ।



Leave a comment