काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सहकारी सहित चारवटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार पेसभएका सहकारी सहित चारवटा विधेयक प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरिएको जनाएको छ । प्रमाणीकरण भएका विधेयकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ रहेका छन् ।

Leave a comment