बिविध कार्यक्रम गर्दै हाम्रो जनकल्याणले मनायो  रजत वर्ष

बिविध कार्यक्रम गर्दै हाम्रो जनकल्याणले मनायो  रजत वर्ष :: Sahakari Akhabar

दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले २५ औं स्थापना दिवस एवं रजत वर्षको अवसरमा बिविध कार्यक्रम गरेको छ ।

यसै अवसरमा संस्थाले राष्ट्रिय व्यक्तित्व विश्व साइकल यात्री पुस्कर शाहलाई कदर पत्र सहित सम्मान गरेको छ भने ८० वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । त्यसैगरी संस्थाले हाम्रो जनकल्याणको २५ वर्ष नामक स्मारिका विमोचन गरेको छ ।

भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत बहादुर केसीको प्रमखु आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाई र नेफ्स्कूनका सञ्चालक जिवसराज खडका विशेष अतिथि रहेका थिए ।

संस्थाका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य सतर्कता अपनाउँदै सञ्चालक, लेखा सुपरिवेक्षण समिति सदस्य, उपसमिति सदस्य, शेयर सदस्य र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

२५ औं स्थापना दिवस तथा रजत वर्षको अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला रेडक्रस सोसाइटी दोलखा शाखासँगको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २६ जनाले गरेका थिए । विगत तीन वर्षदेखि संस्थाले स्थापना दिवसको अवसरमा खुला रक्तदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिए । 
 



Leave a comment