काभ्रे । बुडोलमा रहेको बुडोल सामुदायीक बचत तथा ऋण सहकारी संस्थाले संस्कृत गुरुकुलमा अध्ययनरत वटुकहरुको लागि शैक्षिक सामग्री सहयोग गरेको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा बनेपा नगरपालिका ६ स्थित नैमिषारण्य संस्कृत गुरुकुलमा अध्ययनरत वटुकहरुको लागि शैक्षिक सामग्रीहरु सहयोग गरेको हो ।
चैत्र १७ गते संस्थाको शिक्षा उपसमिति संयोजक प्रकाश भुर्तेलको नेतृत्वमा गुरुकुलका प्राचार्य दिव्यमणि अधिकारीलाई ४० दर्जन कपी, ४० दर्जन पेन्सील र ४० पाकेट बलपेन गरी १३ हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।
शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा संस्थाका लेखा समिति सदस्य सन्तोष आचार्य, शिक्षा उपसमिति सदस्य भवानी केसी, प्रमुख कार्यकारी अधिकृत बिबेक राज ठकुरी र कार्यकारी अधिकृत रामकृष्ण राय क्षेत्रीको सहभागिता रहेको थियो ।
त्यसैगरी धुलिखेल नगरपालिका ३ स्थित हेल्प नेपाल नेटवर्क बालगृहमा रहेका २४ जना बालिकाहरुको लागि शैक्षिक सामग्रीहरु सहयोग गरेको छ ।
संस्थाको शिक्षा उपसमिति संयोजक प्रकाश भुर्तेलको नेतृत्वमा बालगृहकी ब्यवस्थापक पुण्यवति घलेलाई २४ दर्जन कपी, २४ दर्जन पेन्सील र २४ पाकेट बलपेन गरी रु ७ हजार ८ सय बराबरको को सहयोग गरेको छ ।
Leave a comment