जिल्ला सहकारी संघ खोटाङका अध्यक्ष अनिल जोशीको निधन

जिल्ला सहकारी संघ खोटाङका अध्यक्ष अनिल जोशीको निधन :: Sahakari Akhabar

काठमाडौं । जिल्ला सहकारी संघ खोटाङका अध्यक्ष अनिल जोशीको निधन भएको छ । लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका समेत अध्यक्ष रहेका जोशीको कोरोना भाईरस (कोभिड–१९) संक्रमणका कारण ४४ वर्षको उमेरमा निधन भएको हो ।

उनले लामो समय देखि निष्क्रिय रहेको जिल्ला संघलाई क्रियाशील बनाउनमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनकै पहलमा संघले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासंग सहकार्य गरेर सदरमुकाम दित्तेल बजारमा अ‍ैँचो पैँचो सहुलियत पसल समेत संचालन गरेका थिए ।

वि.सं २०३४ साल असोज १५ गते जन्मीएका युवा व्यवसायी जोशी पछिल्लो समय व्यवसायको क्रममा पोखरामा बस्दै आएका थिए । पोखरामै रहँदा संक्रमित भएका जोशीको गए राति निधन भएको हो ।



Leave a comment