काठमाडौं । थानकोटमा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सदस्यको सिप पहिचान कार्य थालेको छ । संस्थाले सदस्य तथा समुदायका व्यक्तिहरूमा रहेको विभिन्न सिपको पहिचान गरी सोको रोष्टर तयार पार्न लागेको जनाएको छ ।
सदस्यको सिप पहिचान गरी आवश्यकता अनुसार प्रवद्र्धन र बजारिकरण गर्न सहयोग गर्ने भएकोले आफूसंग भएको सिप दर्ता गर्न संस्थाले आग्रह गरेको छ । संस्थाले सिप पहिचान फारमको निर्माण गरेकोले उक्त फारम भरी आफ्नो सिपको जानकारी दिएर ब्यवसायी र उद्यमी बन्न आग्रह गरेको छ । फारम भर्न यो लिङ्कमा क्लिक गर्नु होला ।सिप दर्ता फारम (Skill Registration Form)
Leave a comment