विराटनगर । मोरङको सुन्दरहरैचामा एक दिवसिय सहकारी कर तथा लेखा तालिम सम्पन्न भएको छ । नगर स्तरिय सहकारी समन्वय समिति सुन्दरहरैचाको आयोजनामा तालिम सम्पन्न भएको हो ।
तालिममा कर तथा लेखा सम्वन्धी जानकारी गराईएको थियो । सहकारी संस्थामा लेखा पाटो चुस्त दुरुस्त राख्नुपर्ने भएकाले यस्तो खाले तालिम प्रभावकारी हुने आयोजकले जनाएको छ । जिल्ला कृषि सहकारी संघ मोरङ्गका लेखा समिति सदस्य सोभित पौडेललेले तालिमले सहकारी संस्थाहरुलाई सु–सुचित हुने अवसर दिने बताए ।
तालिममा सो क्षेत्रका एक सय बढी सहकारीकर्मीको सहभागिता रहेको थियो । अगामि दिनमा समय बढाएर तालिम आयोजना गर्न आफुहरु प्रतिवद्ध रहेको समन्वय समितिका सचिव रवीन्द्र आचार्यले बताए ।
सहकारी संस्थामा कर र लेखाका कारण समस्या हुँदै आएकोमा यो तालिमले यस्ता समस्याबाट थोरै भएपनि राहत मिल्ने सुरक्षा सामाजिक उद्यमी सहकारी संस्थाकी अध्यक्ष बालिका सिटौलाले बताइन् । समन्वय समितिका अध्यक्ष नरेन्द्र बस्नेतको सभापतित्वमा भएको तालिमको सहजीकरण सी. ए. शेषमनी दाहालले गरेका थिए ।
Leave a comment