अलौकिक सपनावती साकोसको नेतृत्व विकास तालिम सम्पन्न

अलौकिक सपनावती साकोसको नेतृत्व विकास तालिम सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । अलौकिक सपनावती बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा नेतृत्व विकास तथा क्षमता अभिवृद्वि तालिम सम्पन्न भएको छ । तालिममा कास्कुनका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद आर्चायले सञ्चालक समितिको भूमिका तथा दायित्व, कर्मचारीको भूमिका तथा दायित्व, अन्य उपसमितिको भूमिका, सहकारी सञ्चालन प्रक्रियाका विषयमा प्रशिक्षण दिएका दिए ।

तालिममा संस्थाका नवगठित सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति तथा कर्मचारी गरी ३३ जनाको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष बाबुराम गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत पुरुषोतम नेपालले गरेका थिए ।

काठमाडौं महानगरपालिका ६ बौद्ध तुसालमा कार्यालय रहेको सपनावती बचत तथा ऋण सहकारी संस्था र बुढानिलकण्ठ नगरपालिका १२ आदर्शनगर कपनमा कार्यालय रहेको अलौकिक बचत तथा ऋण सहकारी संस्था मर्ज भई अलौकिक सपनावती बचत तथा ऋण सहकारी संस्था स्थापना भएको हो ।



Leave a comment