शिक्षा सहकारीद्धारा सदस्यलाई उपचार सहयोग

शिक्षा सहकारीद्धारा सदस्यलाई उपचार सहयोग :: Sahakari Akhabar

झापा । बिर्तामोडमा रहेको शिक्षा बहुउद्देश्यीय सहकारीले बाल बचतकर्ता अनिमेश राजवंशीलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । सात वर्षीय सदस्य राजवंशी शरीरमा रगत उत्पादन नहुने समस्याबाट पीडित छन् । उनको उपचारका लागि संस्थाले १० हजार रुपैयाँ सहयोग गरेको हो ।

सदस्य सेवा केन्द्र दुहागढीबाट नियमित कारोबार गर्दै आएकी संगीता राजवंशीलाई छोराको उपचार सहयोगकालागि संस्थाले रकम हस्तान्तरण गरेको सचिव दीपश धौरालीले जानकारी दिए ।
स्थानीय सीताराम सामुदायिक अङ्ग्रेजी विद्यालयमा कक्षा १ मा पढ्दै आएका राजवंशी दुई वर्षदेखि शरीरमा रगत उत्पादन नहुने समस्याबाट पीडित छन् । मेची प्रादेशिक अस्पतालमा उनको नियमित उपचार हुँदै आएको छ ।



Leave a comment