काठमाडौं । रोयल बहुउद्देश्यीय सहकारी संस्था आज बैशाख ९ गतेबाट २४ औं वर्षमा प्रवेश गरेको छ । संस्थाको स्थापना २०५५ साल बैशाख ९ गते भएको थियो । संस्थाले वित्तीय कारोबारसँगै सामाजिक र आर्थिक सवलीकरणका लागि विभिन्न सेवामुलक कामहरु गर्दै आएको बताइएको छ ।
स्थापना दिवसमा संस्थाले रक्तदान, मठमन्दिर सरसफाई, संघ संस्थालाई सहयोग, खाद्यान्न वितरण लगायतका काम गरेर दिवस मनाउने गरेको संस्थाका प्रवन्ध सञ्चालक सिताराम काफ्लेले बताए ।
संस्थाको बसुन्धारामा सुविधा सम्पन्न भवनसहितको मुख्य कार्यालय सहित चार वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गरिरहेको छ । संस्थाले काठमाडौंका ग्रामीण क्षेत्र फर्पिङ, साँखु, जितपुर फेदी जस्ता ठाउँमा लघुवित्तमार्फत सहकारीको सेवा पुर्याउँदै आएको जनाएको छ । संस्थाले कृषि उत्पादन, प्रशोधन, बिउबिजन खरिद, कृषि यन्त्र खरिद, पशुपालन, कुखुरा, च्याउ, बंगुर पालन आदीका लागि सदस्यहरुलाई कृषि कर्जाको व्यवस्था गरेको छ ।
Leave a comment