हाइलाइट

सिजेएनद्वारा बधाई तथा शुभकामना

सिजेएनद्वारा बधाई तथा शुभकामना :: Sahakari Akhabar

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)ले नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीलाई बधाइ तथा शुभकामना प्रदान गरेको छ । समाजको बुधबार बसेको बैठकले संस्थाका उपाध्यक्ष काजी श्रेष्ठलाई नेपाल पत्रकार महासंघ बाग्मती प्रदेश समितिको सदस्यमा र कोषाध्यक्ष शर्मिला ठकुरीलाई नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद्मा निर्वाचित भएकोमा बधाइ तथा शुभकामना प्रदान गरेको हो ।

समाजका अध्यक्ष खिलानाथ दाहालले निर्वाचित श्रेष्ठ र ठकुरीलाई खादा र टिका लगाएर बधाइ तथा शुभकामना प्रदान गरे । यसैबीच बैठकले आउँदो १७ गते बजेटमा सहकारी विषयक अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000