एनएमसीका सदस्य एक लाख नाघ्यो

एनएमसीका सदस्य एक लाख नाघ्यो :: Sahakari Akhabar

झापा । नेपाल बहुउद्धेश्यीय सहकारी संस्था(एनएमसी)का सदस्य एक लाख नाघेको छ । संस्थाको चालू आर्थिक वर्षको चैत्र मसान्तसम्मको वासलात अनुसार संस्थाका सदस्य १ लाख १ हजार ७ सय ७५ पुगेको हो ।

२०७७ असार मसान्तसम्म ८५ हजार १ सय ३६ जना सदस्य थिए । संस्थाले चालू आर्र्थिक वर्षमा  २० हजार २ सय (२३.७३ प्रतिशत) ले वृद्धि गरी सदस्य संख्या १ लाख ५ हजार ३ सय ३६ पुग्ने अनुमान गरेको थियो । संस्थाप्रति सर्वसाधारणको आकर्षण बढेसँगै चैत्रसम्म १ लाख १ हजार ७ सय ७५ जना सदस्य बनिसकेका छन् ।

संस्थाको लक्ष्य अनुसार अब आउँदो तीन महिनामा ३ हजार ५ सय ६१ जना सदस्य बनाउनुपर्ने छ । संस्थाले बैंकिङ, डेरी फार्म, कृषि परियोजना र चिया व्यवसाय सञ्चालन गर्दै आएको छ ।

संस्थाले चैत्रसम्म ११ अर्ब ६८ करोड ९८ लाख ९३ हजार २ सय २३ रुपैयाँको कारोबार गरेको छ । संस्थाले डेरीमा १५ करोड ४ लाख ८० हजार ७ सय, सहकारी पसलमा ९ करोड ७१ लाख ६८ हजार २१, कृषि फार्ममा १२ करोड ५७ लाख २२ हजार १ सय २४ रुपैयाँ र चिया व्यवसायमा १ करोड ९३ लाख ९३ हजार ३ सय ७ रुपैयाँको कारोबार गरेको छ । 




Leave a comment