पोखरा रोयल साकोसद्धारा कर्मचारीलाई साइबर सुरक्षाबारे तालिम

पोखरा रोयल साकोसद्धारा कर्मचारीलाई साइबर सुरक्षाबारे तालिम :: Sahakari Akhabar

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले कर्मचारीलाई साईबर सुरक्षा र ब्यक्तित्व विकास सम्बन्धी तालिम दिएको छ । बैशाख ४ गते आयोजित कार्यक्रममा साईबार सुरक्षा तालिम अन्तर्गत इन्टरनेटसंग जोडिने डिजिटल उपकरणहरु, बिभिन्न इमेल खाता तथा सामाजिक सञ्जाल, डिजिटल जानकारीहरुको प्रयोग गर्दा आईपर्ने भाईरस, फिसिङ, बेटिङ, सोसल ईन्जिनियरिङ अट्याक लगायतका सम्भावित समस्या एवं खतराहरुबारे जानकारी दिईएको थियो ।

संस्थाका आईटी कर्मचारी अविनाश पौडेलले सहभागी कर्मचारीलाई सम्भावित समस्या र जोखिमबाट जोगिनका लागि गर्नुपर्ने आवश्यक सुरक्षाका उपायहरुको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा व्यक्तित्व विकास तालिम अन्तर्गत कर्मचारीको पहिरन, बोल्ने तरिका, शिष्टाचार, हिँडाइ लगायतका आनीबानी कस्तो हुनुपर्छ भन्ने विषयमा प्रशिक्षण दिईएको थियो ।

कर्मचारीलाई तालिम दिँदै भण्डारढिक सेवाकेन्द्र प्रमुख विजया श्रेष्ठले आइपर्ने काम आजै तत्कालै गर्नुपर्ने, जुनसुकै बेला आइपर्ने कामको तयारी गर्नुपर्ने, अल्छी नगर्ने, आलटाल नगर्ने, आफूसंग जे खुबी छ त्यसलाई देखाउने, आफ्नो कमजोरी के हो त्यसलाई बुझ्ने वोध गर्नुपर्ने बताइन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङले तालिममा सिकेका कुराहरु ब्यवहारमा लागू हुने र कर्मचारीको थप ब्यक्तित्व विकास हुने बताए । मुख्य प्रवन्धक मीलन ढकालले स्वागत गरेको तालिम कार्यक्रम ऋण प्रवन्धक परमेश्वर दाहालले संचालन गरेका थिए । तालिममा संस्थाका सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।




Leave a comment