सदस्यलाई संरक्षित पुँजीकोष फिर्ता
ललितपुर । चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले सहकारी दिवसको अवसरमा ज्येष्ठ सदस्यहरुलाई धार्मिक स्थलको भ्रमण गराएको छ ।
त्यसैगरी संस्थामा आवद्ध नाबालक सदस्यहरुलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । बैशाख ४ गते शनिबार श्री कुलमाया भगवती माविको प्राङ्गणमा शैक्षिक सामग्री वितरण गरेको हो । संस्थाले ३ दिने संस्थागत विकास तालिम समेत हालै सम्पन्न गरेको व्यस्थापक सुदर्शन चौलागाईंले जानकारी दिए ।
सदस्यलाई संरक्षित पुँजीकोष फिर्ता
सदस्यहरुलाई संरक्षित पुँजीकोष फिर्ता गरेको छ । संस्थाले सदस्यले गरेको नियमित बचत र ऋण कारोबारको आधारमा तिरेको ब्याजका आधारमा संरक्षित पुँजीकोष फिर्ता गरिएको संस्थाका व्यवस्थापक चौलागाईंले बताए ।
संस्थाले गत आर्थिक वर्षको कारोबारका आधारमा सदस्यहरुलाई १५ लाख ४५ हजार रुपैया रकम फिर्ता गरेको छ । संस्थाले विभिन्न क्षेत्रमा विस्तारित मञ्च भेला आयोजना गरी सदस्यहरुसँग अन्तरक्रिया गर्नुका साथै वार्षिक योजना बनाएको छ ।
संस्थाले विस्तारित कार्यक्रममा नीति तथा कार्यविधिहरूको बारेमा जानकारी गराउनुको साथै सदस्यहरूबाट सुझाव समेत संकलन गरेको छ । सोही क्रममा संस्थाले सदस्यहरुलाई पुँजीकोष फिर्ता गर्ने गरेको छ ।
Leave a comment