तीन वटा सहकारीलाई कृषि सामाग्री

तीन वटा सहकारीलाई कृषि सामाग्री :: Sahakari Akhabar

विराटनगर । इटहरी उपमहानगरपालिकाले तीन वटा कृषि सहकारी संस्थालाई कृषि सामाग्री अनुदान दिएकोे छ । जिल्लामा सञ्चालित कृषि सहकारी मध्ये उत्कृष्ट सहकारीलाई अनुदान दिईएको उपमहानगरपालिकाले जनाएको छ ।

सहकारी मार्फत किसानहलाई सहज होस भन्ने उद्देश्यले पावर टिलर सहयोग गरेको जनाईएको छ । तीन वटा सहकारी संस्थालाई उपमहानगरको ७५ प्रतिशत अनुदानमा रिपर हेड सहितको पावर टिलर वितरण गरिएको हो ।

अनुदान पाउनेमा सिद्दार्थ कृषि सहकारी संस्था इटहरी, सनेस कृषि सहकारी संस्था र अग्रणी कृषि सहकारी संस्था रहेका छन् । पावरटिलरले जोत्नका साथै धान,  गहुँ काट्न समेत मिल्छ । 



Leave a comment