धनगढीमा सहकारी बाल क्लब गठन

धनगढीमा सहकारी बाल क्लब गठन :: Sahakari Akhabar

धनगढी । राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय धनगढीको आयोजनामा धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालय धनगढीमा अध्ययनरत विद्यार्थीहरुका बीच वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

युवा विद्यार्थीहरुलाई सहकारीको बारेमा अध्ययन, अनुसन्धान गरी यसको प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ सहकारी बैंकले पहिलो चरणमा ६८ वटै शाखामार्फत विद्यालयले सहकारी बाल क्लव गठन गर्ने योजना रहेको छ ।

विद्यार्थीहरुको भेलाले चेतना सिंहको अध्यक्षतामा ९ सदस्यीय धनगढी नमुना सहकारी बाल क्लव गठन गरेको छ । क्लवको उपाध्यक्षमा मनिषा तिमल्सिना, सचिवमा देपेश गिरी, कोषाध्यक्षमा निर्मला रायमाझी तथा सदस्यहरुमा सुरक्षा जोशी, पुस्कर ठगुन्ना, रनिता चौधरी र झविराज भट्ट रहेका छन् ।

क्लवको संरक्षकमा विद्यालयका प्रधानाध्यापक लक्ष्मणदत्त भट्ट रहेका छन् । कार्यक्रममा वित्तीय साक्षरत र सहकारी बैंकको भूमिका विषयमा बैंकको धनगढी शाखाका प्रमुख कृष्ण रावलले सहजीकरण गरेका थिए । राष्ट्रिय सहकारी बैंक धनगढी शाखा समन्वय उपसमितिका सदस्य कैलाश दाहालले विद्यार्थीहरुलाई सहकारीको संरचना लगायत अवस्था र गर्ने कार्यहरुका बारेमा सचेत बनाउने बताए । 



Leave a comment