एकीकृत फ्रेण्डसिप साकोसको १२ औं सेवा केन्द्र उद्घाटन 

एकीकृत फ्रेण्डसिप साकोसको १२ औं सेवा केन्द्र उद्घाटन  :: Sahakari Akhabar

दोलखा । एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले भिमेश्वर नगरपालिकाको चरीकोटमा १२ औं सेवा केन्द्र विस्तार गरेको छ । एकीकृत फ्रेण्डसिप साकोसले भिमेश्वर नगरपालिका वडा नम्बर ६ चरीकोटमा स्थापना गरेको सेवा केन्द्रको बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्दब सापकोटाले उद्घाटन गरेका थिए ।

यो सँगै मुख्य कार्यालय सहित एकीकृत फ्रेण्डसिप साकोसको १२ वटा सेवा केन्द्र पुगेको छ । संस्थाका अध्यक्ष भूमिराज खड्काको अध्यक्षतामा भएको सेवा केन्द्र उद्घाटन कार्यक्रममा चरीकोट सेवा केन्द्र उपसमितिको पदस्थापना गरीएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालले संस्थाको बारेमा जानकारी गराएका थिए ।

उनले संस्थाको कारोबार १ अर्ब ४५ लाख नागेको जानकारी गराए । कार्यक्रममा बागमती  प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव  जिवसराज खड्का, संचालक चक्र बस्नेत, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाई, जिल्ला बचत संघ दोलखाका उपाध्यक्ष जगत सुवेदी, पत्रकार महासंघ दोलखाको अध्यक्ष दिपशंकर चौलागाई लगाएतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए । सेवाकेन्द्र उद्घाटनकै दिन संस्थामा ६२ लाख ७३ हजार ५०० रुपैयाँ बचत संकलन भएको सेवाकेन्द्र प्रमुख प्रविण कुमार खतिवडाले बताए ।



Leave a comment