बागलुङ । बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानस्थित बलेवा एकता वचत तथा ऋण सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको २ दिने वित्तीय साक्षरता तथा ऋण व्यवस्थापन तालिम शनिवार सम्पन्न भएको छ ।
बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौर सेवा केन्द्र अन्तरगतका शेयर सदस्यहरुका लागि सञ्चालित तालिमका सहभागीहरुले सहकारी ऐन र नियम अनुसार एउटामात्र सहकारी रोजेर कारोबार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सहकारीका बारेमा धेरै कुरा थाहा थिएन, सहभागी शेयर सदस्यहरुले भने–‘तालिमपछि सहकारीमा कसरी आवद्ध हुने, कुन सहकारीमा सदस्य बन्ने र कारोबार कसरी गर्ने भन्ने विषयमा जानकारी भयो, अबदेखि एउटै सहकारीमा केन्द्रीत भएर कारोबार गर्छौ ।’
सहकारीका सदस्यहरुलाई उनीहरुको काम कर्तव्य र अधिकारसंगै सहकारीको संस्थागत विकासमा सदस्यहरुको भूमिकाका बारेमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाका प्रवन्धक भरत पौडेलले जानकारी दिए ।
तालिमको राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहजीकरण गरेका थिए । तालिममा अमलाचौर सेवा केन्द्र अन्तरगतका ५० जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
Leave a comment