बागलुङ । एकता वचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई २ दिने वित्तीय साक्षरता तथा ऋण व्यवस्थापन तालिम शुरु गरेको छ ।
बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानमा सञ्चालित संस्थाले अमलाचौर सेवा केन्द्र अन्तरगतका शेयर सदस्यहरुका लागि २ दिने तालिम आयोजना गरेको हो ।
बानपा–१२ अमलाचौरमा रहेको सेवा केन्द्र अन्तरगतका शेयर सदस्यहरुलाई सहभागी गराई वित्तीय रुपमा सचेत बनाउनुका साथै संस्थासंगको सम्बन्ध बढाउनका लागि तालिम आयोजना गरिएको संस्थाका प्रवन्धक भरत पौडेल (बागलुङे) ले जानकारी दिए । राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सक्रिय सदस्य, क्षमतावान सञ्चालक र दक्ष कर्मचारीहरुको आवश्यकता पर्नेमा जोड दिए ।
तालिमको उद्घाटन कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष गुरुदत्त पाठकले स्थानीय जनताको आर्थिक विकासका लागि सहकारीहरुको भूमिका प्रभावकारी हुनु पर्ने बताए । उनले सहकारीहरुलाई एकीकरण गरी प्रभावकारी रुपमा सञ्चालनका लागि वडा कार्यालयले संयोजन गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रम बलेवा एकता साकोसका अमलाचौर सेवा केन्द्र व्यवस्थापन समितिका अध्यक्ष घनश्याम सुनारको अध्यक्षता, उपाध्यक्ष कोपिलामणी ढकालको स्वागत र संस्थाका प्रवन्धक भरत पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । आफ्नै सुविधा सम्पन्न भवनबाट कारोबार सञ्चालन गरेको संस्थामा हाल २ हजार जना शेयर सदस्य, २ करोड ६ लाख शेयर रकम, २५ करोड बचत, १४ करोड कर्जा लगानी रहेको प्रवन्धक पौडेलले जानकारी दिए ।
Leave a comment