नवलपरासी । राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय कावासोतिको आयोजनामा शिब माद्यामिक विद्यालय कावासोति, नवलपुरमा अध्ययनरत विद्यार्थीहरुका बीच बिहीवार वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यार्थीहरुको सहकारी क्षेत्रका बारेमा अध्ययन, अनुसन्धान गरी यसको प्रवद्र्धनमा सहयोग पुर्याउने लक्ष्यका साथ सहकारी बैंकले पहिलो चरणमा ६८ वटै शाखामार्फत एक एक वटा विद्यालयले सहकारी बाल क्लव गठन गर्ने योजना अनुसार अगाडि बढेको बैंकले जनाएको छ ।
राष्ट्रिय सहकारी बैंक कावासोती शाखाका प्रमुख रुक्मत श्रेष्ठलले वित्तिय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रमको सहजीकरण तथा बाल क्लब गठन गर्नुको उद्देश्यबारे जानकारीे गराए । वित्तीय साक्षरता अभिमुखीकरणसंगै विद्यार्थीहरुको भेलाले कक्षा ९ मा अध्ययनरत सुदिप दुबेको अध्यक्षतामा ११ सदस्यीय सहकारी बाल क्लब गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा एञ्जु सुवेदी, सचिवमा विजन पौडेल, सहसचिवमा अन्जना थापा, कोषाध्यक्षमा अपार काफ्ले र सदस्यहरुमा लिजा चौधरी, कज्ञा न्यौपाने, विनायक पौडेल, शिव श्रेष्ठ, पूजना भूर्तेल, सिसा रिजाल रहेका छन् । क्लबको संरक्षकमा विद्यालयका शिक्षक छबिलाल अर्याल रहेका छन् ।
विद्यालयका शिक्षक छविलाल अर्यालको अध्यक्षता तथा प्रधानाध्यापक लिलाधर भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक दिपक विष्ट, राष्ट्रिय सहकारी बैंक कावासोती शाखा समन्वय उपसमिति सदस्य नारायण प्रसाद पौडेल लगायतले विद्यार्थीहरु वित्तीय रुपमा सक्षम बनाउनका लागि कार्यक्रम सहयोगी हुने धारणा राखे ।
Leave a comment