सहकारी मैत्री बुद्धिचाल प्रतियोगिता सुरु

सहकारी मैत्री बुद्धिचाल प्रतियोगिता सुरु :: Sahakari Akhabar

काठमाडौँ । ललितपुर स्पोटस क्लब र ताम्रकार समाजको आयोजनामा ललितपुरको जावलाखेल स्थित ताम्रकार समाज भवनमा गणेशमान सिंह स्मृति फिडे टिङ्गर बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय सहकारी दीवसको अवसरमा ललितपुर स्पोटस् क्लब र ताम्रकार समाजको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता २६ गतेसम्म सञ्चालन हुनेछ ।

विजेताले ४ लाख ६१ हजार ५ सय रुपैयाँ बराबरको यमाहा  पुरस्कार प्राप्त गर्ने छन् । उप विजेताले ६० हजार तेस्रोले ३० हजार र चौथोले २४ हजार नगद प्राप्त गर्नेछन् । ६४औं सहकारी दिवसको उपलक्ष्यमा सहकारी दिवस मूल समारोह समीती ललितपुरको समन्वयमा लिग कम नकआउटको आधारमा हुने प्रतियोगिता हुन लागेको हो ।

सातौ चरणको स्विस लिगबाट सेमिफाइनलमा चार जना खेलाडीहरू प्रवेश गर्नेछन् ।  खेलाडीहरूले स्विस लिग प्रणाली अनुसार नवौँ चरणसम्म खेल्नु पर्नेछ । यो चरणको लागि २ लाख २६ हजार ५ सय नगद पुरस्कारको व्यवस्था गरिएको छ । जस अनुसार लिगको विजेताले २४ हजार, दोस्रोले १४ हजार र तेस्रोले १० हजार नगद हात पार्नेछन् । यसै गरी चौथौं देखि १४औँ सम्मलाई पनि नगद पुरस्कार राखिएको छ ।

साथै १८०० रेटे, १६०० रेटे मुनि, महिला, अनरेटेड, भेट्रान, यु १६ र वेस्ट ललितपुरलाई पनि नगद प्रदान गरिनेछ । नेपालका उच्च रेटेड खेलाडी रुपेश जयसवाल, पूर्व नेपाल च्याम्पियनहरू बद्रीलाल नेपाली, नवीन तुण्डकार, सुर वीर लामा, पुण्यमान कर्माचार्य सहित शीर्षस्थ खेलाडीहरू सजिन महर्जन, सुमन राई, सुमति पन्त, महिला च्याम्पियन सुजन लोहनी, सिन्दीरा जोशी, विनीता कपाली लगायत १४० जना खेलाडीहरूको सहभागिता हुनेछ ।

प्रतियोगिता सञ्चालन गर्न  १४ लाख खर्च हुने आयोजकको अनुमान छ । सर्वाधिक धनराशिको यस सहकारी कप प्रतियोगिता अनवरत रूपमा आठौँ पटक हुन लागेको हो सचिव तथा कार्यक्रम संयोजन राजु ताम्राकारले जानकारी दिए । 



Leave a comment