बढी आयकर तिर्नेमा आइएमई कोअपरेटिभ पहिलो

बढी आयकर तिर्नेमा आइएमई कोअपरेटिभ पहिलो :: Sahakari Akhabar

काठमाडौँ । ६४ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा उत्कृष्ट करदाता सहकारी सम्मानित भएका छन् । विभागले आर्थिक वर्ष २०७६/०७७ मा राज्यलाई सबैभन्दा बढी आयकर बुझाउने संस्थालाई सम्मान गरेको हो । दिवसका अवसरमा सहकारी विभागले आयोजना गरेको विशेष कार्यक्रममा देशभरबाट उत्कृष्ट आय कर बुझाउने तीन वटा प्रारम्भिक सहकारी संस्थालाई सम्मान गरेको हो ।

विभागले कान्ति पथको आईएमई कोअपरेटिभ सर्भिस, झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र कुशेश्वरको महिला सहकारी संस्थालाई सम्मान गरेको हो । गत आर्थिक वर्ष आईएमईले १ करोड ४९ लाख ८४ हजार ९ सय ४३ रुपैयाँ, सहारा नेपालले १ करोड २८ लाख ७४ हजार ९ सय १० रुपैयाँ र महिला सहकारीले १ करोड २१ लाख रुपैयाँ आयकर बुझाएका थिए ।



Leave a comment