हाइलाइट

सहकारी हाजिरीजवाफ प्रतियोगीता सम्पन्न

सहकारी हाजिरीजवाफ प्रतियोगीता सम्पन्न :: Sahakari Akhabar

दाङ । ६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी बैँक लिमिटेड शाखा कार्यालय दाङ र तुलसीपुरको संयुक्त आयोजनामा जिल्ला स्तरीय अन्तर सहकारी रनिङ सिल्ड हाजिरी जवाफ प्रतियोगिता  सम्पन्न भएको छ ।

प्रतियोगितामा धनपति बचत तथा ऋण सहकारी संस्था लि घाोराही प्रथम, हाम्रो पहँुच बहुउदेश्यीय सहकारी संस्था लि तुलशिपुर द्धितिय, हातेमालो बचत तथा ऋण सहकारी संस्था लि घोराही, तृतीय र कलश बचत तथा ऋण सहकारी संस्था  घोराही सान्त्वना भएका छन् ।

प्रतियोगितामा जिल्लाभरीका २२ वटा संस्थाहरुको सहभागिता थियो । कार्यक्रम राष्ट्रिय सहकारी बैँक लिमिटेडको दाङ शाखा समन्वय उप समितिका संयोजक भरत बहादुर बुढाथोकीको अध्यक्षता र  जिल्ला सहकारी संघदाङका अध्यक्ष गोविन्द प्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

राष्ट्रिय सहकारी बैँक लिमिटेडका तालिम अधिकृत नारायण वेलवासेको संचालन  तथा राष्ट्रिय सहकारी बैँक लिमिटेड शाखा कार्यालय तुलसीपुरका शाखा प्रमुख अजय रोकायाको स्वागत र दाङ शाखा प्रमुख डिलिराज दाहालको ब्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा  जिल्ला कृषि संघ दाङका अध्यक्ष पदमा आचार्य, जिल्ला बहुद्देश्यीय सहकारी संघ दाङका अध्यक्ष कृष्ण प्रसाद गौतम, जिल्ला उपभोक्ता सहकारी संघ लि. दाङ का अध्यक्ष नारद मणी पोखरेल, जिल्ला सहकारी संघ दाङका संचालक कृष्ण प्रसाद शर्मा, जिल्ला बचत संघका सचिव बिमल अधिकारी, राष्ट्रिय सहकारी बैक लिमिटेड घोराही शाखा समन्वय उपसमितिका सदस्य हेमन्त कुमार योगीलगायतले मन्तव्य व्यक्त गरे ।



Leave a comment