झापा । सरकारले नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) लाई सम्मान गरेको छ । दुधमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले काठमाडौंमा आयोजित एक कार्यक्रममा संस्थालाई सम्मान गरेको हो ।
संस्थाले एनएमसी डेरि उद्योगको माध्यमबाट दुध उत्पादन, संकलन तथा बजारीकरण गरेर मुलुकलाई दुध उत्पादनमा आत्मनिर्भर बनाउने अभियानमा टेवा पुर्याएको भन्दै मन्त्रालयले सम्मान गरेको हो ।
‘पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्म निर्भर भएको घोषणा’ कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती र बरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालालाई संयुक्तरुपमा सम्मान पत्र प्रदान गरेका थिए ।
मेचीनगर–६ स्थित काँकरभिट्टामा प्रधान कार्यालय रहेको एनएमसीले बैंकिङसँगै, एनएमसी डेरी, एकिकृत नमुना कृषि फार्म जस्ता महत्वपूर्ण व्यवसायमार्फत नागरिकहरुलाई सेवा दिंदै आइरहेको छ
Leave a comment