सहकारी दिवसको अवसरमा तीनदिने तालिम 

सहकारी दिवसको अवसरमा तीनदिने तालिम  :: Sahakari Akhabar

म्याग्दी । ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघले ३ दिने तालिम कार्यक्रम सञ्चालन गरेको छ । दिवसका अवसरमा पहिलो दिन चैत १६ गते ऋण विश्लेषण तालिम, दोस्रो दिन चैत १७ गते सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम र तेस्रो दिन चैत १८ गते समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको संघले जनाएको छ ।

तीन सम्म सञ्चालन हुने कार्यक्रमको राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सोमबार उद्घाटन गरेका थिए । कार्यक्रम जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की (दिपक विखर्ची) को अध्यक्षता, उपाध्यक्ष ज्ञानेन्द्र प्रसाद सुवेदीको स्वागत र सचिव ज्योती लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

ऋण व्यवस्थापन तालिमको सहजीकरण जिल्ला वचत तथा ऋण सहकारी संघ कास्कीका निवर्तमान कोषाध्यक्ष नारायण आचार्यले गरेका छन् । सहकारीका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिममा नेफ्स्कुनका निवर्तमान सञ्चालक भीम गुरुङले सहजीकरण गर्ने संघले जनाएको छ । राष्ट्रिय सहकारी दिवसका दिन चैत २० गते जिल्लाका सहकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा मुल समारोह आयोजना गरिएको अध्यक्ष कार्कीले जानकारी दिए ।



Leave a comment