काठमाडौँ । राष्ट्रिय सहकारी बैङ्कले घरेलु तथा साना उद्योग विकास उपसमिति गठन गरेको छ । सहकारी मार्फत उद्योग व्यवसायको प्रवर्द्धनका लागि समन्वय तथा सहकार्य गर्न उक्त समिति गठन गरेको हो ।
बैङ्कको आइतबारको बैठकले बैङ्कका सञ्चालक तथा बागमती प्रदेशका संयोजक ज्ञान बहादुर तामाङको संयोजकत्वमा उपसमिति गठन गरिएको जनाएको छ ।
उप–समितिका सदस्यहरूमा व्यवसाय प्रवर्द्धन तथा स्तरीकरण उपसमितिका संयोजक केदार मानन्धर, प्रदेश नं. १ बाट रुद्रमाया घिमिरे, प्रदेश नं.२ बाट खड्ग बमजन, बागमती प्रदेशबाट रिता अवाले रहेका छन् ।
त्यसैगरी गण्डकी प्रदेशबाट बलराम गौतम, लुम्बिनी प्रदेशबाट यम बहादुर थापा सदस्यमा रहेका छन् । कर्णाली प्रदेशबाट कृष्णा वंशी मगर, सुदूरपश्चिम प्रदेशबाट पदम रिजाल तथा सदस्य सचिवमा बैङ्कका व्यवसाय प्रवर्द्धन विभागका प्रमुख मधु रायमाझी रहेका छन् ।
Leave a comment