मिलीजुली कालिन्चोक साकोसको सेवाकेन्द्र बिस्तार 

मिलीजुली कालिन्चोक साकोसको सेवाकेन्द्र बिस्तार  :: Sahakari Akhabar

दोलखा । मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्र विस्तार गरेको छ । सदस्यहरूलाई सेवा प्रवाह गर्न सहज बनाउने उद्देश्यले संस्थाले बिगु गाउपालिकाको ८ नम्बर वडामा आठौँ सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

सेवा केन्द्र स्थापनाको अवसरमा स्वास्थ्य शिविर सञ्चालन गरी महिलाहरूको स्वास्थ्य परीक्षण गराएको छ । शिविरमा १३१ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बिगुत गाउँपालिकाका उपाध्यक्ष सञ्जीव ओलीको प्रमुख आतित्थ्यता तथा नेफ्स्कूनका सञ्चालक तथा बागमती प्रदेश बचत तथा ऋण सहकारी सङ्घका महासचिव जिवसराज खड्काको आतित्थ्यता रहेको थियो ।

ग्रामीण भेगका सदस्यलाई वित्तीयलगायतको सेवा दिनसंस्थाले सेवा केन्द्र स्थापना गरेको र सदस्यको स्वास्थ्य परीक्षण गराई स्थानीय महिलाहरूलाई रोग बाट जोगिन सचेत गराएको अध्यक्ष श्रेष्ठले बताए । स्थानीय कुमारी थामीले संस्थाले सेवा केन्द्र सञ्चालन गरेर बचत गर्ने बानीको विकासको साथै विप्रेषण सेवा, बिद्युत् बिल भुक्तानी सेवा लगाएको आर्थिक कारोबार मा सहजता ल्याइदिएकोमा खुसी व्यक्त गरिन । 



Leave a comment