बाँके जिल्ला सङ्घको सहकारी दिवस कार्यक्रम “भेटौँ सदस्य”

बाँके जिल्ला सङ्घको सहकारी दिवस कार्यक्रम “भेटौँ सदस्य” :: Sahakari Akhabar

बाँके । जिल्ला सहकारी सङ्घ बाँकेले ६४ औँ राष्ट्रिय सहकारी दिवसका कार्यक्रम सार्वजनिक गरेको छ । सङ्घले दिवस कार्यक्रम सार्वजनिक गर्दै जिल्लाका सहकारी सङ्घ संस्था तथा सदस्यलाई उक्त कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।

सङ्घका अध्यक्ष प्रेमप्रसाद सुबेदीको संयोजकत्वमा गठित सहकारी दिवस मूल समारोह समितिले चैत्र १० गतेदेखि २० गतेसम्मका कार्यक्रम सार्वजनिक गरेको हो । सङ्घले १० गते चुलिमालिका कृषि सहकारी संस्था बैजनाथ ५ मा रक्तदान कार्यक्रम राखेको छ ।

त्यसै गरी ११ गते सहकारी संस्था (साझा) कोहलपुरमा १२ गते सहकारी संस्था (साझा) खजुरा गापा ३ मा १३ गते नेपाल रेडक्रस सोसाइटी, नेपालगन्ज शाखा र १४ गते राप्तीसोनारी गापामा रक्तदान कार्यक्रम हुने जनाएको छ । त्यसे गरी ७ देखी १५ गते सम्म “भेटौँ सदस्य” कार्यक्रम रहेको छ । सहकारी संस्थाहरूका सदस्यहरूको घरदैलो कार्यक्रम रहेको छ ।

उक्त दिन जिल्ला स्थित सबै प्रारम्भिक सहकारी संस्थाहरूका सदस्यको घरदैलो जागरण कार्यक्रम रहेको बताइएको छ । त्यसै गरी १२ गते कोहलपुर नगरपालिकामा बहुउद्देश्यीय जिल्ला सहकारी सङ्घ १६ गते नेपालगन्ज उपमनपामा बचत तथा ऋण जिल्ला सहकारी सङ्घमा सरोकारवालाहरू सँग अन्तरक्रिया कार्यक्रम तय भएको छ ।

त्यसै गरी १७ गते बैजनाथ गाउँपालिका साना किसान जिल्ला कृषि सहकारी सङ्घ र १८  गते खजुरा गाउँपालिका जिल्ला सहकारी सङ्घमा लेखा समिति संयोजक खड्क बहादुर वलीको समन्वयमा सरोकारवालाहरू सँग अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

१९ गते पालिका स्तरीय सभा हुने छ भने २० गते सबै सहकारी सङ्घ तथा संस्थाहरूमा सहकारी तथा राष्ट्रिय झन्डा राख्ने र सबै विषयगत सहकारी सङ्घ र प्रारम्भिक सहकारी संस्थाहरूको सहभागितामा नेपालगन्जमा दिवस कार्यक्रम समापन गर्ने जनाइएको छ ।



Leave a comment