काठमाडौँ । चितवनमा शनिवार चार वटा सहकारीहरू एकीकरण भएका छन् । चित्रवन साकोस, दिपज्योती अभिवृद्धि सा कोस, मोडल सा कोस र हाम्रो माइती सा कोस एकीकरण भएका हुन् ।
एकीकरणपछि संस्थामा १० हजार २०१ सदस्य पुगेका छन् भने संस्थाको १ अरब १४ करोड तथा ५ प्रतिशत संस्थागत पुँजी पुगेको जनाइएको छ । एकीकरण पछि संस्थाको नाम हाम्रो चित्र वन साकोस रहने भएको छ ।
तेजेन्द्र खड्काको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिती र सुर्यबदना हमालको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन भएको छ । एकीकरण सभामा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलको प्रमुख आतित्थ्यता रहेको थियो ।
Leave a comment