शुभकामना साकोसको तीन दिने  उद्घोषणकला प्रशिक्षण सम्पन्न

शुभकामना साकोसको तीन दिने  उद्घोषणकला प्रशिक्षण सम्पन्न :: Sahakari Akhabar

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाले सञ्चालक समिति, उपसमिति तथा कर्मचारीहरूलाई उद्घोषण तालिम दिएको छ ।

संस्थाको शिक्षा उपसमितिको आयोजनामा सञ्चालित ३ दिने तालिम शुक्रवार सम्पन्न भएको हो । संस्थाका अध्यक्ष रामप्रसाद कासुकलाको सभापतित्व तथा बागमती प्रदेशका सभासद कृष्णलाल भडेलको प्रमुख अतथ्यतामा समापन कार्यक्रममा राम गोपाल किसिजू “आशुतोष” ले प्रशिक्षण दिएका थिए ।

तालिममा १४ जनाको सहभागिता रहेको थियो । समापन कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार बाल मुकुन्द सुवाल, निवर्तमान अध्यक्ष न्हुछे कुमार त्वायनालगायतले शुभकामना मन्तव्य राखेका थिए । शिक्षा उप समितिका संयोजक डा.विष्णु भक्त कवाँले धन्यवाद मन्तव्य राखेका थिए ।

एसियाली ऋण महासङ्घ (अक्कू) वाट ऐक्सेस सिल्भर ब्राण्ड प्राप्त संस्थाको २०७७ फागुन मसान्त सम्ममा ८,२८१ सदस्य र १ अरब २४ करोड ६१ लाख १४ हजार चार सय पच्चिस रुपैयाँको कारोबार रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत राधेश्याम दुवालले जानकारी दिए ।



Leave a comment