प्रथम बहुउद्देश्यीय सहकारी सम्मेलन हुने

प्रथम बहुउद्देश्यीय सहकारी सम्मेलन हुने :: Sahakari Akhabar

काठमाडौँ । प्रथम बहुउद्देश्यीय सहकारी सम्मेलन हुने भएको छ । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी सङ्घले पहिलो पटक सम्मेलन गर्नलागेको  हो ।

सङ्घले २०७८ साल जेठ २८ र २९ गते दुई दिन होेटल सोल्टी क्राउन प्लाजामा “प्रथम बहुउद्देश्यीय सहकारी राष्ट्रिय सम्मेलन, २०७८ आयोजना गर्ने भएको छ ।

बहुउद्देश्यीय सहकारी सङ्घ र संस्थाहरूलाई उद्देश्य अनुरूप अगाडि बढाउनको लागि समस्याहरूको पहिचान गर्न, भावी कार्यदिशा निर्दिष्ट गर्न सम्मेलन गर्न लागिएको जनाएको छ ।

साथै सम्मेलनले बहुउद्देश्यीय सहकारी सङ्घसंस्थाहरूको सबल व्यवस्थापन गरी सहकारी मार्फत उत्पादन तथा व्यवसायिक क्रियाकलापहरूलाई विशेष जोड दिँदै राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण गरी समग्र सहकारी आन्दोलनलाई अग्रणी दिशामा अगाडि बढाउने उद्देश्यले सम्मेलन योजना गर्न लागिएको जनाइएको छ ।



Leave a comment