बलम्बु च्याउ सहकारीको १२औं स्थापना दिवस सम्पन्न

बलम्बु च्याउ सहकारीको १२औं स्थापना दिवस सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । बलम्बु च्याउ सहकारी संस्थाले १२औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष अमरदीप सिंह महर्जनको सभापतित्व तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेकप्रसाद चौलागाईंको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाइएको हो । कार्यक्रमको अतिथिमा राष्ट्रिय सहकारी बैंकका बलम्बु शाखा प्रमुख कला थपलिया रहेकी थिइन् ।

संस्थाले स्थापना दिवसको अवसरमा संस्थाकी ज्येष्ठ सदस्य रामप्यारी श्रेष्ठलाई सम्मान गरेको । त्यसैगरी संस्थाले मातातीर्थ वृद्धाश्रममा भोजनदान समेत गरेको थियो । २०६५ साल माघ २५ गते दर्ता भएको उक्त संस्थाले २०६५ चैत्र १ गतेबाट विबिध कारोबार सुरु गरेको प्रबन्धक ज्ञान दास महर्जनले जानकारी दिए ।

संस्थाले हालसम्म ३२०० शेयर सदस्य, ३ करोड २० लाख शेयरपुँजी, ४५ करोड १२ लाख बचत संकलन र ३५ करोड ५४ लाख ऋण लगानी गरेको उनले जनाए । संस्थाको जगेडा तथा अन्य कोषहरु १ करोड ५० लाख रहेको छ ।

चन्द्रागिरि नगरपालिकाभर कार्यक्षेत्र रहेको संस्थाले सदस्यहरुलाई निः शूल्क स्वास्थ्य जाँच, धार्मिकस्थलको भ्रमणका साथै अन्य विविध कार्यक्रम आयोजना गरी सेवा प्रदान गर्दै आएको छ । संस्थाले च्याउ अनुसन्धान तथा तालिम केन्द्र सञ्चालन गरेको छ । उक्त केन्द्रमार्फत नयाँ नयाँ प्रजातिका च्याउको अनुसन्धान र व्यवसायिक तालिम प्रदान गर्दै आएको प्रबन्धक महर्जनले बताए ।

त्यसैगरी संस्थाले स्थानीयहरुबाट उत्पादित च्याउ संकलन गरी बलम्बु फुड इण्डष्ट्रिजमार्फत अचार, सुकटी, पाउडर उत्पादन तथा विक्री वितरण गर्दै आएको छ । संस्थाका केहि सदस्यहरु च्याउ खेतीमा आवद्ध रहेका छन् ।



Leave a comment