बगलामुखी सकोसद्धारा सदस्यलाई सहकारी शिक्षा

बगलामुखी सकोसद्धारा सदस्यलाई सहकारी शिक्षा :: Sahakari Akhabar

भक्तपुर । बगलामुखी बचत तथा ऋण सहकारी संस्थाले सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । सदस्यहरूलाई सहकारिता र संस्थाको सेवाका बारेमा जानकारी गराउने उद्देश्यकासाथ भक्तपुर र ललितपुरमा कार्यक्रम गरेको हो ।

कार्यक्रममा गरी ८ सय सदस्यको सहभागी रहेको संस्थाका प्रबन्ध सञ्चालक जगतकृष्ण श्रेष्ठले बताए । संस्थाका अध्यक्ष विवेक श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला बचत सङ्घका अध्यक्ष कृष्ण गोविन्द लाखाजीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा मोटिभेसनल स्पिकर विकासदेव योञ्जन तामाङले सदस्यहरूलाई उत्प्रेरणा जगाउने प्रशिक्षण दिएका थिए । त्यसै गरी संस्थाले ललितपुर क्षेत्रका सदस्यहरूलाई पनि सहकारीसम्बन्धी जानकारी दिने उद्देश्यले गत फागुन २९ गते सोही प्रकृतिको कार्यक्रम आयोजना गरेको संस्थाले जनाएको छ । 

नेपाल सहकारी वित्तीय संस्थाका अध्यक्ष डा.तुलसी भट्टराईको प्रमुख आतिथ्य तथा नेपाल टेलिभिजनकी प्रथम समाचार वाचीका रचना सिंहको आतिथ्य रहेको थियो । संस्थाले सुलभ महिला सा कोस र हार्दिक प्रतीक बहुउद्देश्यीय सहकारीसँग एकीकरण गरिसकेको छ । संस्थाले सहकारी शिक्षा कोषअन्तर्गत उक्त कार्यक्रम गरेको हो ।



Leave a comment