पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले संचालकहरुको क्षमता अभिवृद्वि तालिम सुरु गरेको छ ।
तालिममा संस्थाका सञ्चालक, लेखा सुपरिवेक्षण समिति, उपसमिति, व्यवस्थापनका गरी २४ जना सहभागी रहेकाछन् । संस्थाका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङको अध्यक्षतामा सुरु भएको तालिमको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून)का उपाध्यक्ष शान्ति अधिकारीले उद्धघाटन गरेकी हुन् ।
संस्थाका सूचना अधिकारी मीलन ढकालले संस्थाले ७ हजार सदस्य मार्फत २ अर्ब बराबरको वित्तीय कारोबार गरिरहेकोे बताए । तालिम पाँच दिनसम्म सञ्चालन हुनेछ ।
Leave a comment