सदस्यलाई सहकारी सचेतना    

सदस्यलाई सहकारी सचेतना     :: Sahakari Akhabar

पर्वत । पकुवामा रहेको साना किसान कृषि सहकारी संस्थाले सदस्यहरुलाई सहकारी सचेतना तालिम दिएको छ । बिहीवार संस्थाले साना किसान विकास लघुवित्त संस्था पोखराको शाखाको सहयोगमा तालि दिएको हो ।

सदस्यलाई पूँजि निर्माण र पूँजि परिचालनका लागि सक्रिय बनाउने, वित्तीय साक्षरता तथा सहकारीका मूल्य मान्यता र सिद्धान्तको जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाका अध्यक्ष डम्बर बहादुर विकले जानकारी दिए ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले तालिमको सहजीकरण गरेका थिए । कुश्मा नगरपालिकाका सहकारी शाखा प्रमुख ऋषिराम शर्मा पौडेलले पालिकाले बनाएको सहकारी ऐन बमोजिम काम गर्न आग्रह गरे ।

उनले सहकारी सदस्य केन्द्रीत व्यवसाय भएकाले सदस्यहरुको हितका लागि योजना बनाएर काम गर्नु पर्ने बताए । तालिममा संस्थाका ७० जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

संस्थामा ५ सय जना शेयर सदस्य, १७ लाख शेयर ५६ लाख वचत र १ करोड १५ लाख कर्जा लगानी रहेको प्रवन्धक प्रेम नारायण पौडेलले जानकारी दिए । 



Leave a comment