४ करोड १७ लाखमा सहकारी भवन 

४ करोड १७ लाखमा सहकारी भवन  :: Sahakari Akhabar

ललितपुर । जिल्ला सहकारी संघ ललितपुरको नयाँ भवन उद्घाटन भएको छ ।  संघले उक्त भवनलाई सहकारी प्रवद्र्वन केन्द्रका रुपमा स्थापना गरेको हो । उक्त भवनको  २६ गते बुधबार उद्घाटन गरिएको छ । 
कृषि उत्पादनहरु  तरकारी तथा फलफूल खाद्य पदार्थ बिक्री केन्द्रको रुपमा भवन प्रयोग हुने संघका अध्यक्ष माधव दुलालले बताए ।

४ करोड १७ लाख लागतमा भवन निर्माण भएको संघले जनाएको छ ।  भवन निर्माणका लागि भारतीय राजदूताावासको आर्थिक सहयोग भएको छ । त्यस्तै जिल्ला समन्वय समिति ललितपुरको प्राविधिक तथा प्रशासनिक सहयोगमा भवन निर्माण भएको उनले जनाए ।

भवनको भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी. खम्पाले बुधबार उद्घाटन  गरे । अध्यक्ष दुलालले सहकारी विकास कार्यक्रम (सिएमडीपी) लगायतसँग सहकार्य गरी सबै सहकारीका उत्पादन बिक्री केन्द्रको रुपमा भवन प्रयोग गर्ने तयारी भइरहेको बताए । सहकारी उत्पादन बिक्री केन्द्रको रुपमा भवन प्रयोग हुने उनको भनाइ छ ।

सो अवसरमा पूर्व अर्थ राज्यमन्त्री एवं संविधान सभा सदस्य उदय शम्शेर राणा, जिल्ला समन्वय समितिका प्रमुख अम्बर बहादुर खड्का, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, राष्ट्रिय सहकारी सहकारी महासंघका पूर्व अध्यक्ष दीपक प्रकाश बास्कोटा लगायतले प्रवद्र्वन केन्द्रको सफलताको शुभकामना व्यक्त गरे ।  सो अवसरमा संघले निवर्तमान सञ्चालक समिति र लेखा समितिका पदाधिकारी र व्यवस्थापकलाई सम्मान गरिएको छ ।



Leave a comment